राहदानीको लागि अनलाइन आवेदन आजदेखि बिहान ११ बजे खुल्ने

 साउन १७, २०७९ मंगलबार ८:४०:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राहदानी विभागले ई–पासपोर्टको लागि अनलाइन आवेदन आजदेखि बिहान ११ बजे खुलाउने भएको छ ।

दिउँसो साढे चार बजेपछि खुलाउँदै आएको अनलाइन आवेदन आजदेखि बिहान ११ बजे खुलाउने विभागले जनाएको हो ।

यो आवेदन प्रि–इनरोलमेन्टको लागि हो । विभागले दैनिक २ हजार ४ सय जनाको लागि प्रि–इनरोलमेन्ट खोल्छ ।

प्रि–इनरोलमेन्ट गरिसकेपछि प्राप्त मितिमा राहदानी विभागमा पुग्नुपर्छ । यस्तै, विभागले दैनिक २४ सय जनाको कोटा पनि बढाउने जनाएको छ । राहदानी बनाउन अनेक झन्झट र सास्ती खेप्नुपरेको सेवाग्राहीका गुनासो छ ।

विद्युतीय राहदानीका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरिँदा पहिलेजस्तो जिल्ला प्रशासन कार्यालय वा राहदानी विभाग गएर एकै दिनमा आवेदन दिन सम्भव छैन ।

विद्युतीय राहदानी देशका सबै जिल्ला प्रशासन कार्यालय र १७ वटा इलाका प्रशासन कार्यालयबाट बनाउन सकिन्छ । तर जिल्लामा भन्दा काठमाण्डौमा रहेको विभागमा राहदानी बनाउनेको सङ्ख्या ठूलो छ ।
 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया