अनलाइन प्रणाली लागू भएपछि वैदेशिक रोजगार बोर्डबाट आर्थिक सहायता लिनेको सङ्ख्या बढ्यो

 साउन १७, २०७९ मंगलबार १२:४:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अनलाइनमार्फत नै आवेदन दिन सकिने भएपछि वैदेशिक रोजगार बोर्डबाट पाइने आर्थिक सहायता लिनेको सङ्ख्या बढेको छ ।

गएको आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका १४ सय ७९ श्रमिकका परिवारलाई अनलाइन प्रणालीबाट आर्थिक सहायता प्रदान गरिएको बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । 

अघिल्ला वर्षहरूमा आर्थिक सहायता लिन काठमाण्डौमा रहेको वैदेशिक रोजगार बोर्डमै धाउन पर्ने नियम हुँदा एक हजारदेखि १२ सयको हाराहारीमा आवेदन आउने गरेमा गएको आर्थिक वर्षमा यो सङ्ख्या बढेर १४ सय ७९ पुगेको छ । आर्थिक वर्ष २०७७/७८ मा १२ सय ४३ जना मृतक श्रमिकका परिवारले बोर्डबाट आर्थिक सहायता लिएका छन् ।

अहिले बोर्डमा आर्थिक सहायताका लागि आवेदन दिन पहिलेको तुलनामा निकै सजिलो छ । वैदेशिक रोजगार नियमावलीको पाँचौँ संशोधनले आर्थिक सहायताका लागि आफ्नो पालिकाबाटै निवेदन दिन सकिने व्यवस्था गरेको छ । 

‘अहिले त आफ्नै पालिकाबाटै आर्थिक सहायताका लागि निवेदन दिन सकिन्छ, खर्च गरेर काठमाण्डौ आएर होटेलमा बस्नु पर्दैन’ कार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयो ‘पालिकामा गएर निवेदन दिएपछि बोर्डले कानुन अनुसार पाउने आर्थिक सहायता रकम बैङ्क खातामा नै पठाइहाल्छ, यही व्यवस्थाको कारण अहिले निवेदन दिने र आर्थिक सहायता पाउनेको सङ्ख्या बढेको हो ।’

यस्तै गएको आर्थिक वर्षमा वैदेशिक रोजगारीको क्रममा अङ्गभङ्ग वा गम्भीर बिरामी भएर स्वदेश फर्किएका २४५ जना श्रमिकले पनि अनलाइन प्रणालीबाटै बोर्डबाट पाइने आर्थिक सहायता पाएका छन् । आर्थिक वर्ष २०७७/७८ मा यो सङ्ख्या १४३ थियो ।

वैदेशिक रोजगार बोर्डले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको श्रम अवधि भित्रै वा अवधि सकिएको एक वर्षभित्र मृत्यु भएमा नजिकको हकवालालाई ७ लाख रुपैयाँ र श्रमिक अङ्गभङ्ग वा गम्भीर बिरामी भएर फर्किएमा विशेषज्ञ टोलीको सिफारिसमा बढीमा ७ लाख रुपैयाँसम्म आर्थिक सहायता दिन्छ ।

आवश्यक कागजात र प्रक्रिया पुर्‍याएर बोर्डबाट पाइने आर्थिक सहायताका लागि आफ्नो पालिकाबाटै आवेदन दिन सकिन्छ । पालिकाले बोर्डमा आवेदन पाउनेछ । पालिकाले पठाएको आवेदनको जाँचबुझ गरी बोर्डले सम्बन्धी हकवालाको बैङ्क खातामा नै आर्थिक सहायता रकम पठाउँछ । 

सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तर्गत विभिन्न जिल्लाहरूमा रहेका आप्रवासी स्रोत केन्द्रले पनि यस्तो आवेदनको आवश्यक प्रक्रिया गर्न सहयोग र समन्वय गर्छन् ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • विशाल तामाङ

    Sept. 13, 2022, 9:21 a.m.

    सोम कुमार लिम्बूले आजभन्दा ९ महिना अगाडि लगेको मेराे पासपोर्ट सर्बिया पठाउछु भनेर तर आजासम्म नपठाएको हुदा मैले दिएको पैसा पच्चास हजार रुपैया पैसा र ईडियाकाे MBC मा हालेको छु मात्र भन्छ पासपोर्ट माङदानी दिदैन याे मान्छेलाई के गर्नु पर्ने हाे सर

  •  0 Reply

तपाईको प्रतिक्रिया