शून्य लागतमा जापान रोजगारी सुरु हुँदै, कामदार लैजाने प्रक्रिया टुङ्गो लगाउन संयुक्त कार्यसमितिको बैठक बस्दै

 साउन १९, २०७९ बिहिबार ७:३८:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालबाट शून्य लागतमा जापानमा कामदार पठाउन तयारी सुरु भएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहिलो चरणमा जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेकामध्ये ८ सय ५० जनालाई जापान पठाउने तयारी गरेको हो ।

अहिले जापानको प्रक्रिया रोकिए पनि परीक्षा भने सञ्चालन भइरहेको छ । अहिलेसम्म झन्डै ५ हजार ३ सय जनाले जापानिज भाषा र सीप परीक्षा पास गरेका छन् । जापानले विशिष्टीकृत दक्ष मोडल (एसएसडब्ल्यू) बाट कामदार लैजानेछ ।

सन् २०१९ मा नेपाली नागरिकलाई जापानमा रोजगारीका अवसर प्रदान गर्ने गरी नेपाल र जापानबीच श्रम समझदारी भएको थियो । श्रम समझदारीअनुसार नेपाली युवालाई जापानको श्रम बजार प्रवेशमा सहजीकरण गर्ने उद्देश्यले आज संयुक्त कार्यसमितिको बैठक बस्दैछ ।

काठमाण्डौमा हुने बैठकमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलको नेतृत्वमा परराष्ट्र र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि सहभागी हुनेछन् ।

जापान सरकारका तर्फबाट त्यहाँका सहायक उपमन्त्री चोसुमो नाकागावाको नेतृत्वमा जापानी प्रतिनिधिमण्डल बैठकमा सहभागी हुने श्रम मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिनुभयो । बैठकले नेपाली नागरिकलाई जापानमा रोजगारी दिने सन्दर्भमा छलफल गरी उपयुक्त निर्णयका लागि दुवै देशका सरकारलाई सिफारिस गर्ने उहाँले बताउनुभयो ।

संयुक्त कार्यसमितिको पहिलो बैठक सन् २०२० को नोभेम्बरमा भर्चुअल माध्यमबाट भएको थियो । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

4 Comments

  • prabin

    Aug. 6, 2022, 10:08 p.m.

    My name is prabin giri. My corse is running batchlor 2 year. I leave in bhaktapur. in my family there are 3 member. They are father, mother, brother and me. And my hobbies is playing table tannes thanku.

  •  0 Reply
  • शंकर

    Aug. 4, 2022, 4:48 p.m.

    नेपाली युवा शक्तिलाई पलायन गर्ने महत्वपूर्ण अन्तर्राष्ट्रिय नीति.....

  •  0 Reply
  • Pradip Gc

    Aug. 4, 2022, 1:45 p.m.

    Working japan

  •  0 Reply
  • अलिजन मिया

    Aug. 4, 2022, 9:13 a.m.

    नेपालमा बेरोजगारी मौलाएको बेलामा दातृ रास्ट्रबाट नेपालीहरुलाइ रोजगारी दिने सबैलाई हृदय देखि धन्यवाद दिनुपर्छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया