युवा शैक्षिक बेराेजगारी अन्त्य गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

 साउन २७, २०७९ शुक्रबार १५:१५:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा रहेको युवा शैक्षिक बेरोजगारी अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । आज शुक्रवार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा परिषद्ले काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री देउवाले युवा केन्द्रित गतिविधिको कार्ययोजना निर्माण तथा कार्यसम्पादन कार्यभार युवा परिषद्ले गर्नुपर्ने बताउनुभयो । सरकारले उद्यमशीलता विकास र युवालाई रोजगारी प्रवर्द्धन, विकास निर्माणमा युवा सहभागिता, युवा वर्गको नेतृत्व विकासलगायत विभिन्न क्षेत्रमा काम गर्दै आएको उहाँकाे भनाइ छ । उहाँले भन्नुभयो, ‘देशमा युवा वर्गमा रहेको शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न प्रतिबद्ध हुनुपर्ने आवश्यक छ । युवालाई जीवनाेपयोगी सीप र सिकाइबाट स्वदेशमा नै सहज रूपमा जीवीकोपार्जन गर्न सक्ने बनाउन खाँचो रहेको छ । त्यसका लागि अन्तरपुस्ता सीप हस्तानान्तरणलगायतका कामलाई थप प्रभावकारी बनाउनुपर्ने देखिएको छ ।’

प्रधानमन्त्री देउवाले धेरै युवालाई विकास निर्माण तथा उद्यमशीलतामा सहभागिता गराउन आवश्यक रहेको पनि बताउनुभयो । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Pesalkumar Rai

    Aug. 12, 2022, 6:58 p.m.

    यस्तो प्रतीबद्धता त सबै प्रधान मन्त्त्रीले देकै हो, तर खाडी नभै नेपालीको घरमा चुलो बल्दैन /

  •  0 Reply

तपाईको प्रतिक्रिया