हेटौँडामा झ्याल र कोठा–कोठामा १८ वटा मन्त्रालय किन चाहियो ? : रवि लामिछाने

 साउन २७, २०७९ शुक्रबार १६:५६:२३ | हरि हुमागाईं
unn.prixa.net

मकवानुपर – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाग्मती प्रदेशको राजधानी हेटौँडामा एउटै भवनका झ्याल–झ्याल र कोठा–कोठामा मन्त्रालयहरू राखिएकोमा आपत्ति जनाउनुभएकाे छ । प्रदेश संरचनालाई व्यवस्थित तरिकाले सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभएकाे छ । 

हेटौँडामा आज शुक्रवार आयोजित बाग्मती प्रदेश भेलालाई सम्बोधन गर्दै लामिछानेले प्रदेश सरकारलाई आफ्नो कार्यकर्ता पोस्ने स्थान बनाइएको बताउनुभयाे । उहाँले बाग्मती प्रदेशका १८ जना मन्त्रीलाई साँढेको सङ्ग्या दिँदै भन्नुभयाे, ‘यो प्रदेशलाई १८–१८ जना साँढे भन्छु म, माफ गुर्नहोला मेरो शब्दलाई, १८–१८ जना साँढे किन चाहिन्छ ? यदि यसलाई सही ढङ्गबाट चलाउन सकेको भए, चुस्त तरिकाले चलाउन सकेको भए, यसलाई खर्च कम हुने र नागरिकसम्म पुग्न सकेको भए एउटा अर्को तह हुन सक्थ्यो ।’ 

भेलालाई सम्बाेधन गर्दै लामिछानेले नागरिकलाई विभिन्न झुटा आश्वासन देखाएर नागरिककै पसिनाको पैसा उठाएर खानेहरूको खाता खोलेर हिसाब गर्नुपर्ने समय आएको बताउनुभयाे । मकवानपुरमा सुरुङ मार्गको झुटा आश्वासन देखाएर पैसा खानेहरू र उद्योग कलकारकाखा बन्द गर्नेहरूका खाता खोलेर हिसाब निकाल्ने समय आएको उहाँकाे भनाइ छ । 

‘हेटौँडा कपडा उद्योग जहाँ ११ सय जनाभन्दा बढी मानिसले राेजगारी गर्थे, तिनका परिवार चलेको थियो’, उहाँले भन्नुभयाे, ‘आफूले बनाउनु त कहाँ हो ? अर्काले बनाइदिएको उद्योग पनि चलाउन नसकेर बन्द गरिदिए । त्यसको हिसाब खोज्न म हेटौँडामा उभिएको छु ।’ उहाँले हेटौँडा सिमेन्ट उद्योग पनि घाटामा गइरहँदा बन्द हुने अवस्थामा पुगेको बताउनुभयाे । लामिछानेले हेटौँडामै भएको निजी सिमेन्ट उद्योगहरू नाफामा जाँदा सरकारी उद्योग भने महिनामै करोडौँ रुपैयाँ घाटामा जानुपर्ने कारणको खोजी गर्नुपर्ने र हिसाब गर्नुपर्ने बताउनुभयाे । 

यसैगरी सभापति लामिछानेले बाग्मती प्रदेशमा एउटै प्रदेशमा १८ जना केका लागि भन्दै प्रश्नसमेत गर्नुभयाे । उहाँले आउँदाे मङ्सिर ४ गते हुने चुनावमा आफ्नो पार्टीलाई जिताएर सरकारमा पुर्‍याउन अनुरोध पनि गर्नुभयाे । सही नेतृत्व चुन्न सकेमात्र देश परिवर्तन हुन सक्ने उहाँकाे भनाइ छ । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया