कर्मचारीबीचको विभेदलाई हटाउनुपर्छ : मन्त्री कुँवर

 भदौ ३, २०७९ शुक्रबार १६:३५:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहदुर कुँवरले कर्मचारीबीचको विभेदलाई हटाउनुपर्नेमा जोड दिनु भएको छ । शुक्रबार काठमाण्डौमा आयोजित अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघको चौथो राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री कुँवरले कर्मचारी कर्मचारीबीचको विभेदलाई हटाई सबै कर्मचारीहरुमा समानता हुनुपर्ने बताउनु भएको हो ।

अस्थायी करार तथा ज्यालादारी कर्मचारीहरुकातर्फबाट आफ्नो मन्त्रालयमा डेलिगेसन पुगेको बताउँदै मन्त्री कुँवरले आफ्नोतर्फबाट त्यसबारे आवश्यक पहल भइसकेको जानकारी समेत दिनु भयो ।

'अस्थायी करार र ज्यालादारी कर्मचारीहरुका आफ्नै ब्यथा छन । सँगैको साथी काम गरेको छ, रिटायर्ड हुँदा पेन्सन बुझेर गएको छ, उसको सामाजिक सुरक्षाको ग्यारेन्टी भएको छ, र केटाकेटीहरुको लालनपालन भएको छ, घरपरिवार सुरक्षित छन्', मन्त्री कुँवरले भन्नुभयाे, 'अर्को सँगैको साथी बिसौँ वर्ष काम गरेको छ, अस्थायी छ, करारमा काम गरेको छ । तर उसले जागिरबाट फर्कदाखेरि रित्तो हात फर्कनुपर्ने अवस्था छ । यो कर्मचारी कर्मचारीबीचको विभेदलाई हटाउनुपर्छ ।'

मन्त्री कुँवरले तीन वर्षअघि सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोष लागु गरेकाले त्यसमा अस्थायी करार तथा ज्यालादारी कर्मचारीहरु समेटिनुपर्ने बताउनु भयो । समाजिक सुरक्षा कोषको दायरामा ल्याउनका लागि आफ्नो मन्त्रालयको पहलमा करिब ६० हजार अस्थायी करार तथा ज्यालादारी कर्मचारीहरुको तथ्याङ्क संकलन गरी अर्थ मन्त्रालयमा फाइल पठाइसकिएको पनि उहाँले जानकारी दिनु भयो ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डलाई मन्त्री कुँवरले त्यस फाइलबारे आवश्यक निर्देशन गरिदिन समेत आग्रह गर्नु भएको थियो । जवाफमा अध्यक्ष प्रचण्डले आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा बखत अस्थायी करार तथा ज्यालादारी कर्मचारीहरुको सेवा सुविधामा हेरफेर गरेको स्मरण गराउँदै आफू जहिले पनि मदजुरहरुको पक्षमा रहेकाले करार र ज्यालादारी कर्मचारीका उचित मागबारे सरकार र सम्बन्धित निकायमा पहल गर्ने आश्वासन दिनु भएको थियो ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया