साउदीमा हराएका तेजप्रसादलाई तपाईंले कतै देख्नुभयो कि ?

 भदौ ६, २०७९ सोमबार १५:३१:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – झापाका तेजप्रसाद अर्याल लामो समयदेखि साउदी अरबमा हराउनुभएको छ । साविकको लखनपुर गाविस–१ झापाका तेजप्रसाद अर्याल वि.स. २०६३ मा साउदी आउनुभएको र करार अवधि सकिएपछि कहाँ जानुभयो भन्ने थाहा नभएको साउदीमा रहेको नेपाली दूतावासले जनाएको छ ।

उहाँ अहिलेसम्म परिवारको सम्पर्कमा पनि नआएको र घर पनि नफर्केको भन्दै कहीँ कतै देखेमा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ । अर्याल २०६३ मंसिर १२ गते साउदीको NASSACO कम्पनीमा काम गर्न पुग्नुभएको थियो । करार अवधि सकिएपछि उहाँलाई बहिर्गम भिसा र टिकट दिएर कम्पनीले घर पठाइसकेको जनाएको छ ।

दूतावासका अनुसार साउदीमा सँगै काम गर्ने तेजप्रसादका साथी सोम नेपालीले पनि उहाँलाई नेपाल जानको लागि विमानस्थलसम्म छोडेको बताउनुभएको छ । तर उहाँको बहिर्गमन भिसा लगाएको भए पनि साउदी छाडेको कुनै प्रमाण नदेखिएको दूतावासले जनाएको छ । 

साउदीमा कहीँ कतै तेजप्रसादलाई देखेमा नजिकको प्रहरीलाई खबर गर्न वा दूतावासको फोन नम्बर ०११०८८३७९५ मा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ ।
 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया