ज्यालाको विरोधमा उत्रिएका श्रमिकलाई कतारद्वारा देश निकाला

 भदौ ८, २०७९ बुधबार १२:२४:५४ | एजेन्सी
unn.prixa.net

कतारले ज्याला नपाएकोमा विरोधमा उत्रिएका आप्रवासी कामदारलाई देश निकाला गरेको छ । कम्तीमा ६० जना श्रमिकहरूले निर्माण कम्पनी अल बन्दारी इन्टरनेश्नल ग्रुपको दोहा कार्यालय सामु अगस्ट १४ मा र्‍याली गरेका थिए । तीमध्ये कतिपयले सात महिनादेखि ज्याला नपाएको गुनासो छ । 

लगत्तै केही कामदार पक्राउ गरिएको र केहीलाई देशबाट निकाला गरेको पाइएको बीबीसीले जनाएको छ । तर निकाला गरिएका कामदारको संख्या थाहा हुन सकेको छैन । इक्वीडेम नामक मानवअधिकारवादी संस्थाका अनुसार त्यसरी निकालिनेमा नेपाल, बङ्ग्लादेश, भारत, इजिप्ट र फिलिपिन्सका श्रमिक रहेका छन् । कतारको सरकारले निकालिने कामदारहरूले ‘सुरक्षा कानुन’  तोडेको बताएको छ ।

प्रदर्शनमा उत्रिएका श्रमिक

सन् २०१० मा कतारले विश्वकप फुटबल आयोजनाको अधिकार पाएपछि रङ्गशाला तथा अन्य पूर्वाधार निर्माण थालिएको थियो । कतारले आउँदो नोभेम्बर महिनामा विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्दैछ । अल बन्दारी इन्टरनेश्नल ग्रुप नामक कम्पनी खासगरि निर्माण तथा इन्जिनियरिङमा संलग्न छ । कतारले अल बन्दारी ग्रुप यसअघिदेखि नै कामदारलाई ज्याला नदिएका उजुरीहरूका कारण अनुसन्धानको घेरामा परिसकेको बताएको छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • laxman Rai

    Aug. 24, 2022, 12:44 p.m.

    यो त निन्दनीय भएन र कामदार काम गरेको ज्यालादारी नपायको मा कतार सरकारले पनि संबंधित कम्पनी लाई कार्भाइ गर्नुपर्ने हो उल्तै देश निकाला गर्नु राम्रो होईन यो

  •  0 Reply

तपाईको प्रतिक्रिया