एक हप्तामा सामाजिक सुरक्षा कोषबाट ८० जना योगदानकर्ताले लिए झण्डै २ करोड विशेष सापटी

 भदौ ८, २०७९ बुधबार १६:१२:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गएको एक हप्तामा सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्ने ८० जना योगदानकर्ताले विशेष सापटी लिएका छन् ।

कोषले विशेष सापटी प्रदान गर्न थालेको एक हप्तामा ८० जना योगदानकर्ताले झण्डै २ करोड रुपैयाँ बराबर सापटी लिएको कोषका सूचना अधिकारी डा. रोशन कोजूले जानकारी दिनुभयो । सामाजिक सुरक्षा कोषले लगातार ३६ महिना योगदान गरेका योगदानकर्तालाई भदौं १ गतेदेखि विशेष सापटी दिन थालेको हो ।

योगदानकर्ताले कोषबाट जम्मा बचतको ८० प्रतिशतसम्म विशेष सापटी लिन सक्छन् । योगदानकर्ता सापटी निर्देशिका, २०७९ मा कोषमा सूचीकृत भएर ३६ महिना योगदान गरेका योगदानकर्ताले सापटी र कर्जा सुविधा लिन सक्ने व्यवस्था छ ।

निर्देशिकाअनुसार योगदानकर्ताले नयाँ घर निर्माण गर्न, आफ्नो स्वामित्वमा रहेको घरमा तला थप्न तथा मर्मत गर्न, संयुक्त आवासमा युनिट खरिद गर्न र घर खरिद गर्न ऋण पाउनेछन् ।  

योगदानकर्ता वा उसको पति, पत्नी, छोरा वा छोरीलाई स्वदेश वा विदेशका शैक्षिक संस्थामा उच्च शिक्षा अध्ययन प्रयोजनका लागि अधिकतम ३५ लाखसम्म ऋण कोषले दिने छ । 

योगदानकर्ताले सामाजिक कार्यका लागि सामाजिक कार्य सापटी लिन सक्छन् । योगदानकर्ताको अवकाश कोष योजनामा जम्मा भएको रकमको अधिकतम ८० प्रतिशत ऋण उपलब्ध हुनेछ ।

कोषमा नियमित ३६ महिनासम्म योगदान रकम जम्मा गरेकाहरूले सामाजिक सुरक्षा मोबाइल एपबाटै सापटीका लागि आवेदन दिन सक्नेछन् । गएको हप्ताबाट सामाजिक सुरक्षा कोषले मोबाइल एप्लिकेसन पनि सञ्चालनमा ल्याएको छ । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Surya Rai

    Aug. 27, 2022, 9:28 p.m.

    नेपाल सरकारले मजदुरको हितको लागि ल्याएको सामाजिक सुरक्षा कोषमा नेपाल सरकार कै मजदुरलाई चाहिँ किन सुचिकृत गरिंदैन त ?

  •  0 Reply

तपाईको प्रतिक्रिया