वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा डा.द्वारिका उप्रेती

 भदौ ९, २०७९ बिहिबार ११:२:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा नियुक्त डा. द्वारिका उप्रेतीले कार्यभार सम्हाल्नुभएको छ । 

बुधवारदेखि कार्यकारी निर्देशक उप्रेतीले बोर्डको कार्यभार सम्हाल्नुभएको हो । गएको सोमबार बसेको मन्त्रिपरिषद्ले बैठकले उहाँलाई बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

डा. उप्रेती एकीकृत समाजवादी निकट नेपाल खेलकुद महासङ्घ समाजवादीका केन्द्रीय सचिवालय सदस्य तथा मधेस प्रदेश इन्चार्ज समेत हुनुहुन्छ । 

कार्यकारी निर्देशकका लागि उम्मेदवारी दिएका मध्येबाट पाँच जना सर्टलिष्टमा परेका थिए । कार्यकारी निर्देशक नियुक्तिका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिवको नेतृत्वमा रहेको सिफारिस समितिले उहाँसहित निर्मल कुमार उप्रेती र युवराज बस्नेतको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस गरेको थियो ।

तीन जनामध्येबाट डा. उप्रेती नियुक्त हुनुभएको हो । 

यस अघि बोर्डका कार्यकारी निर्देशक रहनुभएका राजन प्रसाद श्रेष्ठको ४ वर्षे कार्यकाल सकिएपछि कार्यकारी निर्देशकको पद रिक्त रहेको थियो ।

बुधवार बोर्डमा पदभार ग्रहण गर्दै कार्यकारी निर्देशक डा. उप्रेती आफूले श्रमिक हितमा स्वतन्त्र भएर कसैको दबाबमा नपरी काम गर्ने बताउनुभएको छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया