‘बेसमेन्ट’ खाली गराउन राहदानी विभाग पुग्यो महानगरको टोली

 भदौ १०, २०७९ शुक्रबार १४:३०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राहदानी विभागमा काठमाण्डौ महानगरको टोली पुगेको छ । नियमविपरीत बनेका संरचना हटाउन आज महानगरको टोली राहदानी विभाग पुगेको हो ।

राहदानी विभागले बेसमेन्टलाई पार्किङको लागि नभइ सेवाग्राहीलाई प्रतिक्षालयको रुपमा प्रयोग गरेको छ । महानगरका प्रहरीले त्यहाँ राखिएका कुर्सीहरु हटाएका छन् । दैनिक २५ सय भन्दा धेरै सेवाग्राहीलाई सेवा दिँदै आएको राहदानी विभागले भने उनीहरुलाई बस्नको लागि ठाउँको अभाव भएकाले बेसमेन्टमा बस्ने व्यवस्था गरेको जनाएको छ । 

महानगरले नक्सा पास गर्दा उल्लेखित बाहेकका संरचना बनाएका वा प्रयोजनमा ल्याएका संरचनाहरु हटाउँदै आएको छ । हिजो बानेश्वरमा रहेको अल्फा बिटाको नियमविपरीत संरचना हटाएको थियो भने अस्ति काठमाण्डौ मल लगायत अरु क्षेत्रका नियम विपरीतका संरचना हटाएको थियो ।

महानगरले पार्किङकाे लागि भनेर बनाएका तर अन्य प्रयाेजनमा प्रयाेग भइरहेका संरचना हटाउन ३५ दिने सूचना जारी गरेकाे थियाे । ताेकिएकाे अवधिसम्म पनि संरचना नहटाउँदा महानगर आफै 'एक्सन' मा उत्रेकाे हाे ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया