उखुको भुक्तानीको वातावरण मिलाउने सहमतिमा कृषकको अान्दोलन स्थगित

 असोज १२, २०७५ शुक्रबार १५:५०:११ | दयाराम आचार्य

नवलपरासी - उखु कृषकहरुले भुक्तानी पाउन बाँकी रहेको रकम मिल सञ्चालकहरुबाट भुक्तानीको वातावरण मिलाउने सहमति भएपछि उखु कृषकको आन्दोलन स्थगित भएको छ । 

नवलपरासीको बर्दघाट नगरपालिकाकाे टिसीएन चोकमा उखु कृषकहरु भेला भई पूर्व निर्धारित विरोधका कार्यक्रम अनुसार राजमार्ग अवरुद्ध गर्ने जनाएका थिए ।

त्यसै अनुसार केही समय राजमार्ग अवरुद्ध पारेका कृषकहरुलाई प्रमुख जिल्ला अधिकारी देवेन्द्र राज लामिछानेले भुक्तानीको वातावरण मिलाउने र भुक्तानी नगरे मिल सञ्चालकलाई कार्बाहीको दायरामा ल्याउने प्रतिवद्धता जनाएपछि उखु कृषकहरुको आन्दोलन स्थगित भएको हो ।

आइतबारदेखि भुक्तानी सुरु नगरिए सोमबार देखि पुनः आन्दोलन स्वरुप राजमार्ग बन्द गर्ने उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादवले बताउनुभयो ।

पश्चिम नवलपरासीका उखु कृषकहरुले ६ महिना अघि चिनी मिललाई उखु बिक्रि गरे पनि अझै उखुको रकम भुक्तानी पाउन सकेका छैनन् । उखु कृषकहरुले भुक्तानी नपाउँदा समस्या परेको गुनासो गर्दै आएका छन् । समयमा सरकारले उखुको मूल्य निर्धारण नगर्दा र सोही अनुसार उखु मिलले भुक्तानी नदिँदा उखु कृषकले प्रत्येक वर्ष यस्तो समस्या झेल्दै आएका छन् ।

गएको वर्षको उखुको सब‌ै रकम भुक्तानी हुनुपर्ने, नेपाल सरकारले किसानलाई उपलब्ध गराउँदै आएको अनुदान रकम एकमुष्ट रुपमा समायोजन गरी भुक्तानी दिनुपर्ने र यस वर्षको उखुको मूल्य तोकी सरकारले भुक्तानी गर्ने तालिकासमेत प्रकाशन गर्नुपर्ने माग उखु कृषकले  राखेका छन् ।  

विभिन्न चिनी मिलमा गरी उखु कृषकले कम्तीमा ४५ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको छ । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया