वाग्मती प्रदेश : चुनाव नजिकिँदै गर्दा एक सय जना कर्मचारीको सरुवा

 भदौ २४, २०७९ शुक्रबार १२:३४:२४ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - वाग्मती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चुनाव नजिकिँदै गर्दा एक सय दुई जना कर्मचारीको सरुवा गरेको छ ।

निर्वाचन आयोगले कर्मचारीको सरुवा, बढुवा गर्न रोक लगाएको भोलिपल्ट र पर्सिपल्ट मन्त्रिपरिषद्को कार्यालयले ६३ जना कर्मचारीको अन्तर मन्त्रालयमा सरुवा गरेको हो । यसैगरी अरु ३९ जना कर्मचारीलाई सरुवा गर्नका लागि तीन वटा मन्त्रालयलाई सहमति दिइएको कार्यालयका प्रवक्ता रमेश कुमार उपाध्याय लुइँटेलले बताउनुभयो । 

निर्वाचन आयोगले कर्मचारीको सरुवा, बढुवा गर्न नपाउने निर्देशन गरेकै दिनको मिति राखेर मुख्यमन्त्री कार्यालयले यही भदौ २२ र २३ गते कर्मचारीको सरुवा गरेको हो । सरुवा गरेका प्रायजसाे कर्मचारी प्रदेश सरकार मातहतको श्रम, रोजगार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात कार्यालयहरुमा पठाइएको छ । मुख्यमन्त्री कार्यालयले पनि चुनाव नजिकिँदै गर्दा यातायात कार्यालयमा कर्मचारी सरुवा गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

प्रदेशमा काठमाण्डौ उपत्यकाभन्दा बाहेकका जिल्लामा कर्मचारी अभाव निकै भइरहेको समयमा फेरि जिल्लास्तरका कार्यालयहरुबाट उपत्यकाका जिल्लामा धेरै कर्मचारी सरुवा गरेर पठाइएको छ । मुख्यमन्त्री कार्यालयबाट प्रशासन तर्फका सरुवा गरेका प्रायजसाे कर्मचारी श्रम, रोजगार तथा यातायात मन्त्रालयमा पठाइएको प्रवक्ता लुइँटेलले बताउनुभयो । 

सरुवा गरिएका कर्मचारी मुख्यमन्त्री कार्यालयबाट ६३ जना, मुख्यमन्त्री कार्यालयबाट श्रम, रोजगार तथा यातायात मन्त्रालयमा सरुवा गर्नका लागि ११ जना, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयमा सरुवा गर्नका लागि २४ जनाको सहमति र भौतिक मन्त्रालयमा सरुवा गर्नका लागि ४ जनाको सहमति प्रदान गरिएको उहाँले बताउनुभयो।  

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया