डाेजरले पहाड भत्काउनु मात्र विकास हाेइन : मुख्यमन्त्री पाण्डे

 भदौ २७, २०७९ सोमबार २०:३४:४ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – यूएनडीपीले प्रकाशित गरेको मानव विकास प्रतिवेदन 'अनिश्चित समय, अस्थिर जीवनः परिवर्तन विश्वमा हाम्रो भविष्य' बारेको प्रतिवेदन आज साेमवार हेटौँडामा सरोकारवाला निकायका बीचमा सार्वजनिक गरिएको हो । सन् २०२२ मा तयार पारिएको प्रतिवेदन आज सार्वजनिक गरिएको हो । 

कार्यक्रममा बोल्दै बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले डाेजरले पहाड भत्काउनुलाई मात्र विकासकाे रूपमा बुझ्न नहुने बताउनुभएको छ । सबै नागरिकलाई हातमुख जोर्न पुग्ने व्यवस्था गर्नु, रोजगारीको सृजना गर्नु पनि विकास हो भन्ने कुरा सबैले सिक्नुपर्ने उहाँले बताउनुभयो । आर्थिक रूपमा कमजोर राष्ट्र रहेकाले नै नेपालमा अरूका नीति, नियम लागू हुने र थिचोमिचो रह बताउँदै उहाँले नेपालका हरेक काममा विदेशीको मुख ताक्नुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयाे ।  

कार्यक्रममा बाेल्दै मुख्यमन्त्री पाण्डेले विदेशी कम्पनीसँग मिलेर मल कारखाना खोल्न प्रदेश सरकार लागिपरेको दाबी गर्नुभयाे । प्रदेश सरकारले किसानका लागि हरेक हिसाबले प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको उहाँकाे भनाइ छ ।  

कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. विश्वराज जोशी, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णराज पन्त, प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डे, मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी नेपाली, मकवानपुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष उत्तम शर्मा ढकाल, महिलावादी दलित सङ्गठन मकवानपुरका मन्जु रोक्कालगायत आफ्ना धारणा राख्नुभएको थियो । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया