गृहमन्त्री थापाले भने, ‘९५ प्रतिशत बलात्कारी गिरफ्तार भइसके’

 असोज १३, २०७५ शनिबार १५:२६:३४ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गृहमन्त्री रामबहादुर थापा (बादल) ले बलात्कारी र हत्यारालाई कानुनी कारबाही गरिने बताउनुभएको छ ।

उहाँले ९५ प्रतिशतभन्दा बढी घटनाका बलात्कारीहरुलाई सरकारले गिरफ्तार गरी कानुनको कठघारामा उभ्याइसकेको र अन्य बाँकी आपराधिक क्रियाकलाप गर्नेलाई कानुनको कठघरामा ल्याउने बताउनुभएको हो ।

विश्व मुटु दिवसको अवसरमा लायन्स क्लब अफ काठमाडौं लर्ड बुद्धको आयोजना र सशस्त्र प्रहरी परिवार महिला एवं नेपाल हृदय रोग निवारण प्रतिष्ठान गुल्मीको सह–आयोजनामा गुल्मीको सदरमुकाम तम्घासमा सञ्चालित निशुःल्क बृहत स्वास्थ्य शिविर कार्यक्रममा बोल्दै मन्त्री थापाले सबै आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई कानुनी कारबाही गरिने बताउनुभएको हो ।

महिलाहरुको सुरक्षामा महिलाहरु नै उठ्नु पर्ने भन्दै उहाँले त्यसका लागि सरकारले सधैँ साथ दिने बताउनुभयो । यस्ता प्रकारका आवाजहरु सडक, सदन र सरकारमा पनि उठ्नु पर्ने आवश्यक रहेको भन्दै मन्त्री थापाले नागरिक र सरकार मिलेर मात्र बलात्कारी र अपराधीहरुलाई ठिक पार्न सकिने तर्क गर्नुभयो । 

‘देशमा सुशासन हुनुपर्छ, योभन्दा अगाडि सुशासन भएन, यहाँ भन्दा अघिका शासकहरुले कुशासन गरे’, उहाँले भन्नुभयो, ‘जसका कारण देशमा समृद्धि र विकास भएन, देश समृद्ध नहुँदा नेपाली पीडित भए ।’

मन्त्री थापाले वर्तमान सरकारसँग नेपालीहरुले धेरै कुराको आश र भरोसा गरेको तर यो सरकारलाई घेरा हाल्ने प्रयत्न भइरहेको बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया