कमल थापाले सूर्य चिह्नबाट उम्मेदवारी दिँदै, मकवानपुर एमालेमा असन्तुष्टि

 असोज २३, २०७९ आइतबार ८:४७:२२ | हरि हुमागाईं
unn.prixa.net

फाइल तस्बिर

मकवानपुर - मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर–१ मा कमल थापा सूर्य चुनाव चिह्नबाट उम्मेदवार बन्दै हुनुहुन्छ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इञ्चार्ज  रामेश्वर रानाको टिकट खोसेर थापालाई सूर्य चिह्नबाट उम्मेदवारी दिन सघाउने सहमति भएको हो ।

केन्द्रीय सदस्य रानाको टिकट खोसिएपछि मकवानपुर एमालेमा असन्तुष्टि देखिएको छ । सामाजिक सञ्जालमार्फत नेता तथा कार्यकर्ताहरुले आफ्ना असन्तुष्टि पोखिरहेका छन् । पुराना र निष्ठावान नेताको टिकट खोसिएको भन्दै नेता कार्यकर्ताले असन्तुष्टि जनाएका छन् ।

राप्रपा महामन्त्री राजाराम बर्तौलाका अनुसार भेटमा मकवानपुर–१ को प्रतिनिधि सभा सदस्यमा एमालेले कमल थापालाई समर्थन गर्ने सहमति भएको छ । एमालेले यो क्षेत्रबाट जिल्ला इञ्चार्ज समेत रहेका केन्द्रीय सदस्य रामेश्वर रानालाई उम्मेदवार तोकेको थियो । 

एमाले वाग्मती प्रदेश इञ्चार्ज काशीनाथ अधिकारीले थापा सूर्य चिह्न लिएर चुनाव लड्ने निश्चित भएको बताउनुभयो । एमाले मकवानपुरले थापाको जनमत नभएको भन्दै उहाँलाई उम्मेदवार बनाउन नहुने भन्दै यसअघि पार्टी अध्यक्ष ओलीकहाँ डेलिगेसन नै गएको थियो । तै पनि अन्तिम समयमा पनि ओलीले थापालाई सूर्य चिह्न दिएर उम्मेदवार बनाउन लाग्नु भएको हो ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया