कमल थापाद्वारा सूर्य चिह्नबाट उम्मेदवारी दर्ता

 असोज २३, २०७९ आइतबार १४:३९:१५ | हरि हुमागाईं
unn.prixa.net

फाइल फाेटाे

मकवानपुर – राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रतिनिधि सभा सदस्य पदका लागि नेकपा एमालेकाे चुनाव चिह्न सूर्यबाट उम्मेदवारी दिनुभएको छ । 

थापाले आज आइतवार मकवानपुर क्षेत्र नम्बर १ बाट सूर्य चिह्नबाट उम्मेदवारी दिनुभएको हो । एमालेसँग मकवानपुरमा राप्रपा नेपालले तालमेल गर्दा थापाले सूर्य चिह्नबाटै उम्मेदवारी दिनुपरेको हो । 

थापाको उम्मेदवारीको प्रस्तावकमा राजाराम बर्तौला र समर्थकमा गुरुप्रसाद सापकोटा रहनुभएको छ । मकवानपुरका अरू सिटमा भने राप्रपा नेपालले एमालेलाई सघाउने भएको छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया