तेस्रो तथा निर्णायक एक दिवसीयमा नेपालको उत्कृष्ट बलिङ : यूएईले दियो १ सय ७७ रनको लक्ष्य

 मंसिर २, २०७९ शुक्रबार १२:३६:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : क्यान

काठमाण्डाै - नेपालले तेस्रो तथा निर्णायक एक दिवसीयमा उत्कृष्ट बलिङ गरेको छ । कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७६ रन बनायो ।

नेपालले जितका लागि १ सय ७७ रनको लक्ष्य पाएको छ । यूएईका आयान खानले सर्वाधिक ५४ रनको अर्धशतक बनाए । त्यस्तै अलिशान शराफुले ३३ रन र रोहन मुस्तफाले २४ रन बनाए । नेपालमा गुलशन झा, कुशल भुर्तेल र दिपेन्द्रसिंह ऐरीले समान २/२ विकेट लिए ।

त्यस्तै सोमपाल कामी र ललित राजवंशीले १/१ विकेट लिए । आजको खेल जित्ने टोलीले शृङ्खला जित्नेछ । नेपालले बुधवार भएको दोस्रो खेल ३ विकेटले जित्दै शृङ्खलामा एक/एक को बराबरी गरेको छ । नेपाल पहिलो खेलमा ८४ रनले पराजित भएको थियो ।

यूएईले अघिल्लो महिना अस्ट्रेलियामा विश्व कप खेलेको थियो । नेपालले सन् २०१८ मा विश्व कप छनोटबाट एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । त्यसयता नेपालले घरेलु मैदानमा यो दोस्रो पटक शृङ्खला खेलेको हो ।

गएको चैतमा पपुवा न्युगिनी (पीएनजी) सँगको दुई खेलमा नेपाल पराजित भएको थियो । आजको खेल जितेमा नेपालले घरेलु मैदानमा पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खला जित्नेछ ।
 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया