देशका सबै ठाउँमा मतदान केन्द्रको तयारी सम्पन्न (तस्बिरसहित)

 मंसिर ३, २०७९ शनिबार १८:२०:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भोलि देशैभर हुन गइरहेको प्रतिनिधि र प्रदेश सभा चुनावको तयारी सकिएको छ । निर्वाच आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले चुनावको सम्पूर्ण तयारी सम्पन्न भएको बताउनुभयो । 

योसँगै मतदान केन्द्रको तयारी पनि सम्पन्न भइसकेको छ । मतदान केन्द्र निर्माण गर्दा पुरुष र महिलाको अलग अलग लाइनको व्यवस्थासँगै अपांग भएका व्यक्ति, गर्भवती, ज्येष्ठ नागरिक, बिरामी, लैंगिक अल्पसंख्यकका लागि छुट्टै व्यवस्था गरिनुपर्छ । यही व्यवस्थाअनुसार देशैभर मतदान केन्द्र निर्माण सम्पन्न भएको प्रमुख आयुक्त थपलियाले बताउनुभयो । 

मतदान केन्द्रकाे ढाँचा । स्राेत : निर्वाचन आयाेग

देशभर १० हजार ८९२ मतदानस्थल र २२ हजार २२७ मतदान केन्द्र रहेका छन् । चुनावमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेको आयोगको तथ्यांक छ । प्रतिनिधि सभातर्फ १६५ र प्रदेश सभातर्फ ३३० सिटका लागि प्रत्यक्षतर्फको चुनाव हुँदैछ । त्यस्तै, प्रतिनिधि सभाका ११० सिट र प्रदेशमा प्रत्येक प्रदेशका लागि त्यो प्रदेशसभाको कुल आकारको ४० प्रतिशत सिटका लागि समानुपातिक चुनाव हुँदैछ ।  चुनावको लागि २ लाख ४६ हजार ९ सय ६० कर्मचारी खटिएका छन् । यस्तै नेपाली सेना, प्रहरी, सशस्त्र र म्यादी प्रहरी गरी झण्डै ३ लाख सुरक्षाकर्मी खटिएका गृह मन्त्रालयले जनाएको छ । 

साेलुखु्म्बुमा ४ हजार मिटरको उचाइमा पाङ्बोचे मतदान केन्द्र

काठमाण्डौ क्षेत्र नम्बर ८ को १ अन्तर्गत वसन्तपुर नव आदर्श माध्यामिक विद्यालयमा मतदानका लागि बनाइएको मतदान केन्द्र

ललितपुरकाे जावलाखेलमा रहेकाे मतदान केन्द्र

बझाङ्काे सुनिकाेट मा.वि. मतदान केन्द्र

संखुवासभाकाे एक मतदान केन्द्र
मकवानपुरकाे हेटाैंडामा रहेकाे एक मतदान केन्द्र

जुम्लामा रहेकाे मतदान केन्द्र

 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया