मलेसियाविरुद्ध सन्दीपको शानदार बलिङ, लिए पाँच विकेट

 असोज २०, २०७५ शनिबार ९:३०:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी टी–२० विश्वकप अन्तर्गत एसिया उपक्षेत्रीय छनोटको दोस्रो खेलमा नेपालका सन्दीप लामिछानेले ५ विकेट लिएका छन्।

मलेसियाविरुद्धको खेलमा आफ्नो स्पेल पूरा गरेका सन्दीपले २० रन खर्चिएर ५ जना ब्याट्सम्यानलाई पभेलियन पठाएका थिए । सन्दीपले ४ ओभर बलिङ गर्दा १४ बलमा रन बनाउन सकेनन्।

२० मध्य १२ रन ३ चौकाबाट आएको थियो । सन्दीपले घातक बलिङ गर्दै सफिक सरिफलाई आउट गरे।

मलेसियाले लगातार विकेट गुमाउँदा पनि उनी क्रिजमा रहन सफल हुँदै अर्धसतक नकिज पुगेका थिए।

उनलाई सन्दीपले ४९ रनमा आउट गरे। यसैगरी सायद अजिज,सुहाम अल्गारथम, विरेनदीप र सेजरुल इन्द्रुसलाई आउट गरेका थिए।
 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया