ओमानमा गैर कानुनी रूपमा काम गर्ने विदेशीलाई हुन्छ एक महिना जेल र ८ सय ओमानी रियालसम्म जरिवाना

 मंसिर २२, २०७९ बिहिबार ११:४०:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तपाईँ ओमानमा गैर कानुनी रूपमा काम गरिरहनुभएको त छैन । यदि छ भने सचेत हुनुहोस् । तपाईँलाई कम्तीमा १ महिनाको जेल सजाय वा ४ सयदेखि ८ सय ओमानी रियाल जरिवाना वा दुवै सजाय हुन सक्छ ।

गैर कानुनी रूपमा काम गर्ने विदेशी श्रमिकलाई ओमान प्रवेश निषेध हुने गरी स्वदेश फर्काइदिने व्यवस्था समेत ओमानको कानुनले गरेको छ । 

यस्तै कुनै पनि विदेशी श्रमिकले ओमानको कानुनी अनुमति बिना कुनै पनि गतिविधि सञ्चालन गरेमा पनि १ महिनाको जेल सजाय वा ५ सयदेखि १ हजार ओमानी रियाल वा दुवै सजाय हुने व्यवस्था गरेको छ । 

पर्यटक भिसामा ओमान गई यदि कोही पनि विदेशी नागरिकले कुनै पनि विदेशी नागरिक भिसा सकिएपछि पनि ओमान मै बसेमा प्रत्येक दिन जरिवाना स्वरूप १० ओमानी रियाल तिर्न पर्छ । 

यस्तै ओमानमा बस्दा आफ्नो फोनबाट सकेसम्म अरूलाई कुरा गर्न नदिनुहोस् । आफैँले पनि फोनबाट अपरिचित पुरुष तथा महिलालाई फोन गरेर अनावश्यक कुरा गर्ने गर्नु हुँदैन । घरमा पैसा पठाउँदा पनि बैङ्किङ च्यानलमार्फत मात्र पठाउन पर्छ । 

ओमानमा बस्दा रक्सीको उत्पादन गर्ने, किनबेच गर्ने तथा ओसारपसार हुँदैन । 

स्थानीय कानुन, ट्राफिक नियम र अनुशासनको पालना पूर्ण रूपमा गर्नुपर्छ । ट्राफिक नियमको उल्लङ्घन गरी बाटो काट्दा धेरै नेपालीको ज्यान जानुका साथै गम्भीर घाइते हुने गरेको भन्दै दूतावासले तोकिएको स्थानबाट मात्र बाटो काट्ने अनुरोध गरेको छ ।

ट्राफिक नियमको उल्लङ्घन गरी बाटो काट्दा दुर्घटना भई ज्यान गएमा क्षतिपूर्ति नपाउने कानुन छ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया