भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन खोज्ने दम्पती पक्राउ

 असोज २०, २०७५ शनिबार १९:१२:५१ | शैलेन्द्र महतो

धनुषा – जनकपुरमा नक्कली नागरिकता बनाउन खोज्ने एक भारतीयसहित एक दम्पति प्रहरीको फन्दामा परेका छन् ।

पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–१४, रजौल बस्ने ५५ वर्षीय मन्जुर अंसारी, उनकी श्रीमती ४८ वर्षीया सलमा खातुन र भारतको सीतामढी जिल्ला कोरियाही पञ्चायत भेमुवाका २४ वर्षीय तसिफ अंसारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पक्राउ परेका तसिफ मन्जुरको साला रहेको र मन्जुरले उनलाई छोरा भनी नेपाली नागरिकता दिने तयारीमा रहेका बेला गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्र शाहीका अनुसार उनीहरुको साथबाट प्रहरीले नागरिकता दिलाउन तयार पारेका सम्पूर्ण कागजात बरामद गरेको छ ।

पक्राउ परेका तीनै जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

1 Comments

  • uttam dahal

    Oct. 7, 2018, 12:01 a.m.

    तिनि हरु को नेपाली नागरिकता लाई पनि खारेजी गर्नु पर्छ सिके राउत का मानिस हरु हुन ।भाेलि नेपाली मधेसि जनतालाई दुख दिनेछन् ।

  •  0 Reply

तपाईको प्रतिक्रिया