चुनावकाे बेला राेकिएकाे 'श्रमिकसँग श्रम मन्त्री' कार्यक्रम पुनः सुरु

 मंसिर २५, २०७९ आइतबार १८:९:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चुनावका कारण केही समय राेकिएकाे 'श्रमिकसँग श्रम मन्त्री' कार्यक्रम पुन: सुरु भएकाे छ । हालै सम्पन्न प्रतिनिधि र प्रदेश सभा चुनावका कारण स्थगित गरिएको कार्यक्रम आजबाट पुनः सुरु गरिएको हो ।

आज बिहान ११ बजेदेखि १२ बजेसम्म श्रम, राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कल सेन्टरमा सञ्चालन भएको “श्रमिकसँग श्रम मन्त्री” कार्यक्रममा श्रम मन्त्री शेरबहादुर कुँवरलाई देश विदेशबाट १० जना श्रमिकहरुले फोनमार्फत प्रत्यक्ष आफ्ना गुनासा, समस्या र सुझाव राखेका छन् । 

मन्त्रीसँग श्रमिकहरुले वैदेशिक रोजगारीमा ठगिएका सबैभन्दा बढि गुनासा र समस्याहरु राखेका छन् । मन्त्री कुँवरसँग श्रमिकहरुले सम्झौता अनुसार विदेशमा आफूले तलब सुविधा नपाएकाे, विदेश पठाउँछु भनेर ७ लाख ५० हजार रुपैयाँसम्म पैसा लिएको गुनासा सुनाएका थिए ।

यस्तै दुबई, मलेशिया, साउदी लगायतका देशमा रोजगारीका लागि जाँदा ठगिएको गुनासाहरु बढी आएका छन् । एकजना श्रमिकले सुर्खेतबाट फोन गर्दै आफूलाई क्यानडा पठाइदिने भन्दै करिब ६ लाख रुपैयाँ ठगेको गुनासो पनि सुनाए ।

दशजना श्रमिककै गुनासा र समस्याहरु सुनेपछि जवाफमा मन्त्री कुँवरले वैदेशिक रोजगारीका लागि विदेश जानुपूर्व जान लागेको देश, आफूले गर्ने काम, पाउने सेवा सुविधा, पठाउने म्यानपावर वा व्यक्तिका बारेमा राम्ररी बुझ्ने, जानकारी लिने अनि कसैलाई पैसा तिरेको भए त्यसको प्रमाण राख्ने लगायतका कुरामा ध्यानु दिनुपर्नेमा जोड दिनुभयो ।

साथै मन्त्री कुँवरले श्रमिकका तत्काल समाधान हुने गुनासा र समस्याहरुबारे सम्बन्धित निकायबाट समाधान खोजिने आश्वासन पनि दिनु भएको छ । साथै कार्यक्रममै मन्त्री कुँवरले श्रमिकका समस्या र सवालबारे तत्कालै बुझेर समाधानका लागि वैदेशिक रोजगार विभाग र बोर्डका सम्बन्धित व्यक्तिलाई अनुरोध समेत गर्नु भएको छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया