टर्कीले काठमाण्डौमा दूतावास खोल्ने

 मंसिर २६, २०७९ सोमबार ११:३४:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – युरोपेली देश टर्कीले काठमाण्डौमा आफ्नो दूतावास खोल्ने भएको छ । अहिलेसम्म भारतको दिल्लीमा रहेको टर्की दूतावासले नेपाललाई पनि हेर्दै आएकोमा अब काठमाण्डौमा खोल्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालका परराष्ट्र मन्त्री नारायण खड्का र गणतन्त्र टर्कीका समकक्षी मेव्लुत काभुसोग्लुबीच गएको शुक्रबार टेलिफोन संवादमा यस विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै यसबारेमा प्रष्ट पारेको हो ।

‘दुई देशबीचको बढ्दो सम्बन्धका कारण निकट भविष्यमा काठमाण्डौमा दूतावास खोल्ने बारे दुई मन्त्रीबीच सहमति भएको छ’, विज्ञप्तिमा उल्लेख छ, ‘दुई समकक्षीबीच आपसी हित साथै भविष्यमा दुवै देशबीचको द्विपक्षीय सम्बन्ध मजबुत बनाउने विषयमा पनि छलफल भयो ।’

पछिल्लो समय वैदेशिक रोजगारीको लागि नेपाली श्रमिकहरु युरोपेली देशमा जाने क्रम बढेको छ । युराेपेली देश टर्की पनि वैदेशिक रोजगारीको लागि नेपाल सरकारले खुला गरेको देश हो ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया