रोजगारी सृजना गर्न विदेशबाट फर्किएकाको तथ्याङ्क सङ्कलन गर्दै बन्दिपुर गाउँपालिका

 मंसिर २९, २०७९ बिहिबार ११:४३:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – तनहुँको बन्दिपुर गाउँपालिकाले वैदेशिक रोजगारीबाट फर्किएकाको तथ्याङ्क सङ्कलन गर्न थालेको छ ।

वैदेशिक रोजगारी रहँदा आर्जन गरेको सीप र अनुभवको प्रयोग गरी देश भित्रै रोजगारीका अवसरहरू सृजना गर्नका लागि विदेशबाट फर्किएका व्यक्तिहरूको तथ्याङ्क सङ्कलन गरिएको गाउँपालिकाले जनाएको छ । 

वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूलाई नजिकको वडा कार्यालय वा रोजगार सेवा केन्द्रमा गएर आफ्नो विवरण टिपाउन पनि पालिकाले अनुरोध गरेको छ । 

यसका साथै वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूले फोनबाट समेत आफ्नो अनुभव टिपाउन सक्नेछन् । आफ्नो विवरण टिपाउन गाउँपालिकामा ०६५५२०१२३ वा ९८५६०६७८२५ नम्बर सम्पर्क गर्न सकिन्छ ।  

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया