राहदानी विभागले अबदेखि अनलाइन बुकिङ दिउँसो साढे तीन बजेदेखि खुला गर्ने

 पुस ४, २०७९ सोमबार १७:४५:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राहदानी विभागले विद्युतीय राहदानीको प्री इनरोलमेन्टका लागि बुकिङ खुला गर्ने समय परिवर्तन गरेको छ ।

यसअघि बिहान ११ बजे बुकिङ खुला गर्दै आएको विभागले अबदेखि दिउँसो ३ बजेर ३० मिनेटमा अनलाइन बुकिङ खोल्ने जनाइएको छ ।  बिहानको समयमा अत्यधिक चापको कारण वेबसाइटमा प्राविधिक समस्या देखिने र सेवाग्राहीले फारम भर्नै नसक्ने भएपछि अनलाइन बुकिङको समय परिवर्तन गरेको विभागले जनाएको छ ।

जिल्ला र इलाका प्रशासन कार्यालयले पनि यही समयमा बुकिङ खुला गर्दा विभागको पेज खुल्नै समय लाग्ने र हाई ट्राफिक भोलुम भन्नेजस्ता समस्या देखिएपछि राहदानी विभागमै आएर राहदानी बनाउनेहरूका लागि अबदेखि दिउँसो साढे तीन बजे अनलाइन बुकिङ खुला हुनेछ ।

विद्युतीय राहदानीका लागि अनलाइनबाटै प्री इनरोलमेन्ट गरी तोकिएको समय र मितिमा मात्र कार्यालयमा उपस्थित हुन पर्छ । कार्यालयले अनलाइन बुकिङ खुला नगरेको समयमा अनलाइन प्री इनरोलमेन्ट गर्न मिल्दैन ।

विभागले दैनिक निश्चित कोटा तोकेर अनलाइन बुकिङ खुला गर्छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Ganesh parajuli

    Dec. 19, 2022, 8:15 p.m.

    यो कुरामा म सहमत छैन , किनभने पासपोर्ट बनाउने अधिकार सबै नेपाली नागरिकको हो / समय र मिति तोकिदिंदा एजेन्टले फर्म भरेको नै ३-५ हजार लिने गरेका छन् / यसको जिम्मा कसले लिने ?? एजेन्टले फर्म भर्दा चाहेको समय पाउने ? अनि हामीले अनलाइन भर्दा समय नै नपाउने ?? यो प्रक्रिया अविलम्व बन्द होस् , फर्म जहिले पनि खुल्ला गर्नुस, भीड नै हुँदैन , सजिलो गरे सबै आफ्नो समयमा आउछन / समस्या समाधान !

  •  0 Reply

तपाईको प्रतिक्रिया