गाउँपालिकाले जारी गरेको विधेयकमा असन्तुष्टि व्यक्त गर्दै अध्यक्षको कक्षमा तालाबन्दी

 असोज २१, २०७५ आइतबार १८:३०:२४ | दयाराम आचार्य
unn.prixa.net

प्रतिकात्मक तस्बिर

नवलपरासी – नवलपरासीको हुप्सेकोट गाउँपालिकामा नेकपाका कार्यकर्ताले तालाबन्दी गरेका छन् । गाउँपालिकाले जारी गरेको विद्येकप्रति असन्तुष्टि जनाउँदै नेकपाका नेता कार्यकर्ताले तालाबन्दी गरेका हुन् ।

गाउँपालिकाले झण्डै डेढ महिनाअघि जारी गरेको शिक्षक विधेयकप्रति असन्तुष्टि व्यक्त गर्दै केही समयदेखि नेकपा हुप्सेकोट गाउँ कमिटिले आन्दोलन गर्दै आएको थियो । नेकपा हुप्सेकोट गाउँपालिका संयोजक चन्द्र थापा मगरका अनुसार गाउ“पालिका अध्यक्षले शिक्षा विद्येकको राजनीतिक रुपमा प्रयोग गरी विभिन्न विद्यायलयमा यसअघि गाउ“भेलाबाट गठन गरिएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हटाउँदै आफू निकट व्यक्ति राखिएको आरोपमा गाउँपालिका अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरिएको हो । उहाँका अनुसार गाउँपालिका भित्रका  ६ वटा विद्यालयमा यसरी शिक्षा विधेयकलाई देखाउँदै अध्यक्षलाई हटाइएको छ ।

गाउँपालिकाले बहुमतका आधारमा अन्य सरोकारवाला र प्रतिपक्ष दलसँग छलफल नगरी विद्येकहरु  जारी गरेको संयोजक मगरको आरोप रहेको छ । गाउँपालिकाले  शिक्षा श्रोत व्यक्तिलाई समेत राजनीतिक हस्तक्षेप गर्ने गरी शिक्षा समन्वयकर्ता भनेर राख्ने प्रावधान राखिएको संयोजक मगरले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया