वैदेशिक रोजगारीमा गएका ४ सय १० जना श्रमिक सम्पर्कविहीन

 पुस ७, २०७९ बिहिबार १७:४८:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीमा गएका ४ सय १० जना नेपाली श्रमिक लामो समयदेखि श्रम्पर्कविहीन रहेको एक अध्ययनले देखाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको 'नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२२' मा विश्वका विभिन्न ४ देशमा ४ सय १० जना नेपाली श्रमिक हराएको उल्लेख छ । उनीहरु लामो समयदेखि सम्पर्कमा आउन नसकेका हुन् ।

सन् २०२१/२२ मा मात्रै सबैभन्दा धेरै यूएईमा दुई सय ५४ जना हराएका छन् । जसमध्ये १९ महिला श्रमिक छन् । यूएईमा २०२० मा १० जना मात्रै हराएको तथ्यांक थियो । २०२१ मा त्यो संख्या बढेर १२ पुगेको थियो । तर एक वर्षमै यति ठूलो संख्यामा नेपाली श्रमिक हराएको प्रतिवेदनमा उल्लेख छ । यूएईपछि मलेसियामा यो संख्या धेरै छ । २०२१/२२ मा मलेसियामा एकसय पाँच जना हराएका छन् । मलेसियामा हराउने क्रम घटेको तथ्यांकले देखाएको छ । तीन वर्ष पहिले तीन सय जना हराएकोमा अहिले त्यो संख्या घटेको हो ।

यस्तै कुवेतमा पनि १० महिलासहित ४८ जना यो वर्ष हराएका छन् । यस्तै साउदी अरबमा २ र ओमानमा १ जना हराएका छन् । यो संख्या दूतावासमा वा परराष्ट्रमा खोजी गरिदिनको लागि आएका निवेदनका आधारमा तयार पारिएको प्रतिवेदनमा उल्लेख छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया