वैदेशिक रोजगारीमा जानेका लागि सञ्चालन भइरहेको अभिमुखीकरण तालिम मापदण्ड विपरीत

 पुस १२, २०७९ मंगलबार ११:३५:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीमा जानेहरूका लागि अभिमुखीकरण तालिम मापदण्ड अनुसार सञ्चालन नभएको पाइएको छ ।

काठमाण्डौ उपत्यकासहित देशका विभिन्न जिल्लाहरूमा अनुगमन गर्दा मापदण्ड अनुसार अभिमुखीकरण तालिम सञ्चालन नभएको पाइएको वैदेशिक रोजगार विभागले जनाएको छ । 

अभिमुखीकरण तालिमहरू मापदण्डअनुसार सञ्चालन नभएको भन्दै विभागले देशका विभिन्न ठाउँमा रहेका तालिम प्रदायक संस्थाहरूमा अनुगमन गरेको थियो । 

वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य रूपमा अभिमुखीकरण तालिम लिनु पर्ने सरकारी नियम छ । जसअनुसार तालिम प्रदान गर्न वैदेशिक रोजगार विभागसँग अनुमति लिएर संस्थाहरूले अभिमुखीकरण तालिम प्रदान गरिरहेका छन् ।

अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ अनुसार तालिम सञ्चालन हुनु पर्ने भए पनि यसअनुसार नभएको पाइएको विभागले विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

यस्तै १५ दिन भित्र कार्यविधिले तोकेको मापदण्ड पुरा गरी विभागलाई जानकारी गराउन पनि सबै अभिमुखीकरण तालिम प्रदायकहरूलाई विभागले सूचित गरेको छ ।

यसका साथै अभिमुखीकरण तालिम प्रदायक संस्थाको अनुगमन अबको केही समय भित्रै अनलाइनमार्फत गर्न थालिने पनि विभागले जानकारी दिएको छ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया