नेपालीको पहिलो रोजाई खाडीका देश, एक वर्षमा साढे ५ लाखभन्दा धेरैले लिए खाडी जाने श्रम स्वीकृति

 पुस १२, २०७९ मंगलबार १७:८:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – खाडीका ६ देश नै नेपाली श्रमिकको रोजाइको प्रमुख श्रम गन्तव्य देशमा परेका छन् । 

गएको आर्थिक वर्षमा खाडीका ६ देशमा मात्रै साढे पाँच लाख भन्दा धेरै नेपाली रोजगारीको लागि गएको नेपाल श्रम आप्रवास प्रतिवेदन २०२२ ले देखाएको छ । जसमा ३६ हजार २६० महिला रहेका छन् भने ५ लाख १४ हजार ४४४ जना पुरुष रहेका छन् ।

खाडीको देशमा पनि नयाँ र पुन गरी साउदीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या सबैभन्दा धेरै रहेको छ । साउदीका लागि मात्र १ लाख ८८ हजार ६९१ जनाले श्रम स्वीकृत लिएको  प्रतिवेदनले देखाएको छ ।

साउदी पछि कतार जाने नेपालीको सङ्ख्या दोस्रो नम्बरमा पर्छ । कतारमा १ लाख ८४ हजार ९२६ जना गएका छन् यूएई जानेको सङ्ख्या धेरै छ । २१ हजार १३९ जना महिला र १ लाख १ हजार ४९६ जना पुरुष गरी १ लाख २२ हजार ६ सय ३५ जना श्रमिक यूएई गएका छन् । 

यस्तै खाडीकै अर्को देश कुवेतमा ५ हजार ३६५ महिला र ३० हजार १ सय ७६ पुरुष गरी ३५ हजार ५४१ जना गएका छन् । बहराइनमा १२ हजार ६२ जना र ओमान जान  ६ हजार ८४९ जनाले श्रम स्वीकृति लिएका छन् । 

बितेका ५ वर्षमा सबैभन्दा गएको आर्थिक वर्ष २०७८/०७९ मा खाडी जाने नेपालीको सङ्ख्या सबैभन्दा धेरै छ । 

यस्तै खाडीपछि नेपालीको अर्को प्रमुख श्रम गन्तव्य देश मलेसिया रहेको छ । गएको आर्थिक वर्ष मलेसिया जानका लागि ३६ हजार ६४४ जनाले श्रम स्वीकृति लिएका छन् । 

यस्तै यी बाहेक नयाँ केही देशहरू पनि नेपालीको श्रम गन्तव्य बनेको श्रम आप्रवासन प्रतिवेदनले देखाएको छ । पोल्यान्ड, मालदिभ्स, साइप्रस, माल्टा, रोमानिया, क्रोएसिया लगायतका देशमा जाने नेपालीको सङ्ख्या पनि बढ्दो छ । 

यी सबै देशमा गरी गएको आर्थिक वर्षमा मात्रै ६ लाख ३० हजार ८९ नेपाली रोजगारी खोज्दै बिदेसिएका छन् । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया