राहदानी तथा राष्ट्रिय परिचय पत्र वितरणलाई सहज बनाउन गृह मन्त्रालयको पहल

 पुस १६, २०७९ शनिबार ११:२५:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राहदानी तथा राष्ट्रिय परिचय पत्र वितरणलाई सहज बनाउ गृह मन्त्रालयले थप पहल अगाडि बढाएको छ । सेवाग्राहीको निरन्तर गुनासो आएपछि समस्या समाधानका लागि पहल थालेको गृह मन्त्रालयले जनाएको छ ।

लाइन बस्नुपर्ने, अनलाइन फारम भर्न समस्या तथा प्रक्रिया झन्झटिलो भएकोबारेमा आएका गुनासालाई सकेसम्म समाधान गर्ने प्रयास भइरहेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । त्यसका लागि सूचना प्रविधिमा ज्ञान भएका व्यक्तिको टोलीबाट सुझाव लिने काम भइरहेको छ ।

टोलीको सुझावका आधारमा समस्याको समाधानतर्फ लाग्ने उहाँको भनाइ छ । गृह मन्त्रालयको जिम्मेवारी सम्हालेपछि मन्त्री रवि लामिछानेले राहदानी, राष्ट्रिय परिचयपत्रलगायतलाई सहज बनाउने र लाइन बस्नुपर्ने बाध्यता हटाउने प्रतिबद्धता जनाउनुभएको थियो ।

विद्युतीय राहदानी बनाउन धेरैजसो प्रक्रिया अनलाइनबाटै गर्नुपर्छ । तर अनलाइनबाट आवेदन दिएर तोकिएको मितिमा कार्यालयमा उपस्थित हुँदा पनि नागरिकलाई रातको १२ बजेदेखि लाइन लाग्नु पर्ने बाध्यता छ ।
 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Pemba sherpa

    Dec. 31, 2022, 12:12 p.m.

    सबभन्दा जटिल साथै बिचौलियाले आमजनतालाई जानीजानी ठगी र अझ सोझो सिधालाई बिचौलियाले जानीजानी अनलाइनमा गल्ती गरि फर्म भर्भने अनि फेरि सच्याउने निउले त्यही ब्यक्तीलाई ठगी गरिरहेको छ। मैले एउटा पसपोर्ट लिनको लागि ४ दिन सम्म हरेक दिन राति 2 बजे देखिनै लाइन बसे ,तर भित्र सेटिङ्माकाम गर्नेले लाइन बस्नेको भन्दा पैसा दिएर छिटो पासपोर्ट निकाल्ने ले लाइन बस्ने सोझा सिधाको ३ देखी ४ दिन सम्म लाइन मै बस्नु पर्ने बाध्यता हुदोरहेछ । अनि यो राहदानी बिभागमा बसेको पुलिसहरुको बोल्ने ढंग छैना मानवसग बोल्ने व्यबहार होइन, पशुपन्छीलाई जस्तो व्यबहार गर्छ। हाम्रो नेपाल पुलिसको अझै पनि बोल्ने ढंग छैन ,कहिले सुधार आउने होला पुलिसको बोली? आशा छ कि अब गृहमन्त्री रबिको पालामा सिस्टम बस्छ कि भन्ने । जनता ले राजस्व तिरे अनुसार कहि सुबिधा छैन / अन्लाईन फर्म सबैले भर्न्र सिस्टम लागु होस र टोकान सिस्टम रखी जनतालाई १ पासपोर्ट लिनलाइ २४ घन्टा उभिन्नु नपरोस र एउटा पासपोर्ट लिनलाइ अन्लाईन फर्मको रु ३५०० , बिग्रेको सच्याउन ५०० अनि छिटो भित्र छिर्नुलाई भित्रै सेटिङ्म रु २५०० / अब हिसाब गर्नु होस ....अझ चिसो मौसममा रातको २ बजे देखीको लाइनले बिरामी भएर रु १५००० हजार हस्पिटल खर्च ।

  •  0 Reply

तपाईको प्रतिक्रिया