मलेसियामा बन्धक बनाइएका नेपालीको उद्धार, १३ जना स्वदेश फर्किँदै

 पुस २५, २०७९ सोमबार १२:३०:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मलेसियामा बन्धक बनाइएका १३ जना नेपाली नागरिकको उद्धार भएको छ ।

उद्धार भएकामध्ये ६ जना भोलि मङ्गलवार स्वदेश फर्किने भएका छन् । नेपालबाट मलेसिया गएका नेपालीहरु समस्यामा परेको गुनासो प्राप्त भएपछि सोमवार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बन्धक बनाइएका र अन्य समस्यामा परेका नेपालीहरुको अवस्था बुझी तत्काल रिहाइ तथा उद्धारको पहल गर्न मुख्यसचिव शंकरदास बैरागीलाई निर्देशन दिनुभएको थियो ।

निर्देशनका आधारमा सरकारले परराष्ट्र मन्त्रालयमार्फत् मलेसियामा रहेको नेपाली राजदूतावाससँग सम्पर्क गरेको थियो । बन्धक बनाइएका नेपालीहरुको अवस्था बुझेर तत्काल उद्धारका लागि पहलपछि मलेसियाको पीआरएस फरेस्ट म्यानेजमेन्ट (PRS Forest Management) कम्पनीमा कार्यरत १३ जना नेपाली नागरिक स्वदेश फर्किने भएका हुन्।

मलेसियामा रहेको नेपाली राजदूतावासले प्रधानमन्त्री कार्यालयलाई दिएको जानकारी अनुसार, यो कम्पनीमा काम गर्न गएका १३ जना सबै श्रमिकहरुलाई म्यानपावर कम्पनीले खर्च बेहोर्ने गरी र एक नेपाली होटलमा खाने र बस्ने व्यवस्था गरिएको छ ।

दूतावासको पहलमा उनीहरुमध्ये ६ जना भोलि र आउँदो शुक्रवार ७ जना  नेपाल फर्कने भएका छन् । यसैगरी मलेसियाकाे एक अन्य कम्पनीमा समस्यामा परेका २८ जना नेपाली श्रमिकहरुको समस्या हल गर्न समेत पहल भइरहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया