ईपीएसमार्फत दक्षिण काेरिया जाने हवाई भाडा घट्याे

 माघ ३, २०७९ मंगलबार १४:५०:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – रोजगार अनुमति प्रणाली ईपीएसमार्फत दक्षिण कोरिया जाने हवाई भाडा घटाइएको छ । भाडा घटाएर एकतर्फी उडानको ८ सय ९५ अमेरिकी डलर ताेकिएकाे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव  एकनारायण अर्यालले बताउनुभयो । यो भन्दा पहिले १२ सय १५ अमेरिकी डलर रहेको थियो ।

हवाई भाडा बढी भएको भन्दै विरोध हुन थालेपछि भाडा समायोजन गरेको सचिव अर्यालले बताउनुभयाे । श्रम मन्त्रालयले हवाई भाडाका लागि बोलपत्र आह्वान गरेकामा काेरियन एअरलाईन्सकाे प्रस्ताव स्वीकृत भएसँगै आजैदेखिको टिकट बुकिङमा कम मूल्य तिरे पुग्ने भएको हाे ।

ईपीएस मार्फत दक्षिण कोरियाको रोजगारीमा जाने श्रमिक अब पहिलेभन्दा ३ सय २० डलर सस्तो भाडादरमा जान पाउनेछन् ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया