विदेश जाने अवस्था शून्यमा पुर्‍याउँछु : नवनियुक्त श्रम मन्त्री

 माघ ३, २०७९ मंगलबार १६:१५:३५ | रासस
unn.prixa.net

काठमाण्डौ – नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्यालले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य सरकारको प्राथमिकता रहेको बताउनुभएको छ । 

मङ्गलवार श्रम मन्त्रीको शपथपछि मन्त्रालयमा पदबहालीका क्रममा सञ्चारकर्मीसँग उहाँले नेपाली विदेश जाने अवस्था न्यूनीकरण गरेर शून्यमा पुर्‍याउने बताउनुभयो । उहाँले नेपालमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘नेपाली नागरिकले जबसम्म स्वदेशमै आत्मसम्मानसहितको रोजगार पाउँदैनन्, तबसम्म देशको विकास कल्पना बाहिरको हुन्छ’, उहाँले भन्नुभयो । 

स्वदेशमै रोजगारीका पर्याप्त अवसर सिर्जना नभएसम्म वैदेशिक रोजगारी बाध्यात्मक रहेको मन्त्री अर्यालले बताउनुभयो । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दक्ष बनाएर पठाउनेमा आफ्नो ध्यान केन्द्रित हुने उहाँको भनाइ छ । 

‘दक्ष भएर विदेश नजाँदासम्म श्रमिकले दुःख पाइरहेको अवस्था छ’, उहाँले भन्नुभयो, ‘त्यसको निराकरणका लागि मैले काम गर्छु ।’ मन्त्रालयले समन्वय गरेर स्वदेशमा पर्याप्त मात्रामा रोजगारी सिर्जना गरिने मन्त्री अर्यालको भनाइ छ । ‘बाध्यताले नभइ चाहेरमात्र विदेश जाने अवस्था सिर्जना गर्ने मेरो लक्ष्य हो’, उहाँले भन्नुभयो ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

12 Comments

  • मित्र

    Jan. 22, 2023, 11:20 p.m.

    ० थप्दै जाने भनेको हो …

  •  0 Reply
  • Anil

    Jan. 20, 2023, 2:19 p.m.

    Action... speak 🗣️ .............dhari gaff na hana

  •  0 Reply
  • surya budhathoki

    Jan. 20, 2023, 8:36 a.m.

    गफ गरेरै मन्त्री भएकाहरू गफ गरेरै कार्यकाल बिताउछन ।हाम्रो नेपालमा

  •  0 Reply
  • Nabin

    Jan. 18, 2023, 2 p.m.

    मेरा साथी हरु मलेसिया जाँदा250 लाख पचास हजार तिरेर गई रहेको छ न अब भन्नु हो फ्री भिसा फ्री टिकेट मुखले हो कि कामले हो मन्त्री ज्यु

  •  0 Reply
  • Ashok Kumar rajbanshi

    Jan. 18, 2023, 9:59 a.m.

    Mantri jyu tapaiko barema sabai janta lai thaha xa purb manpower business man hoisinxa re tapaiko bare ma janta nagetive soch rakhiraxa janta haru ab tyo kalank yani tyo nagetive soch lai positive position ma lyaunu paryo janta ko aasu poxidinu paryo yahi apekxa rakhxu dhanyabad jai Nepal 🙏🙏🙏🙏

  •  0 Reply
  • देउमान बुढाथोकी

    Jan. 17, 2023, 9:12 p.m.

    तत्काललाई फिरी भिसामा भनेर टन्न ढेवा लिएर पठाउने दले मेनपावर हरुलाई अनुगमन गरेर कारबाही गर मन्त्री ज्यू

  •  0 Reply
  • bharat rai

    Jan. 17, 2023, 5:57 p.m.

    सफलताको शुभकामना

  •  0 Reply
  • bharat rai

    Jan. 17, 2023, 5:56 p.m.

    १००%

  •  0 Reply
  • Nanda Kumar RAI

    Jan. 17, 2023, 5:56 p.m.

    अहिले गै रहेको संख्यामा पछाडी शून्य थपेर त होइन नि मन्त्री ज्यु यस्तो अवस्था नहोस हजुर शुभकामना ।

  •  0 Reply
  • Bikash Kumar kushwaha

    Jan. 17, 2023, 5:18 p.m.

    Bidhesh pataune Agents Ra manpower manxe dhere paisa luti Rahe hunxa

  •  0 Reply
  • Yogendra shrestha

    Jan. 17, 2023, 4:49 p.m.

    नेपालमा कुनै बिकास छैन बजेट छैन कुनै आयोजना छैन उद्योग कलकारखाना छैन कसरी रोजगार दियेर बिदेस जान शन्यमा झार्नु हुन्छ?

  •  1 Reply
  • Semanta Rai

    Jan. 17, 2023, 4:20 p.m.

    ल हेरौं है त प्रतिबद्धता, यस्तो भयो भने जनताले तपाईलाई नै पठाई रहनेछन् त्यो ओहदामा।

  •  0 Reply

तपाईको प्रतिक्रिया