साढे २२ लाख रुपैयाँसहित दुई जना हुण्डी कारोबारी पक्राउ

 माघ ४, २०७९ बुधबार १३:३७:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

पर्सा – पर्सामा दुई जना हुण्डी कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ ।  वीरगञ्जको घण्टाघरबाट वीरगञ्ज महानगरपालिका–१६ का ३४ वर्षीय विकास साह र १८ का १९ वर्षीय सुवास साहलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट २२ लाख ५० हजार रुपैयाँसहित स्रोत नखुलेको रकम भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीले त्यो रकम हुण्डी कारोबारमा प्रयोग भइरहेको पनि पुष्टि गरेको छ ।

यस्तै उनीहरुले प्रयोग गरेको बीआरओ ५ एई ९३४३ नम्बरको स्कुटी र दुई थान मोबाइल पनि बरामद गरिएको छ । प्रहरीका अनुसार दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ ।
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया