काठमाण्डाैमा तीन जनाकाे साथबाट ७ सय ३१ थान पासपाेर्ट बरामद

 माघ ५, २०७९ बिहिबार १४:४१:७ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाकाे वडा नम्बर २६ गोङ्गबुमा रहेकाे दुई वटा होटलमा बसेका तीन जनाको साथबाट प्रहरीले सात सय ३१ थान राहदानी (पासपाेर्ट) बरामद गरेको छ ।

गाेङ्गबुकाे वीरेन्द्र ऐश्वर्य मार्गमा रहेकाे होटल सोना र होटल पल्लिकोटबाट सात सय ३१ थान राहदानीसहित कञ्चनपुर बेतकोट नगरपालिका–३ घर भइ टोखा नगरपालिका–९ म्याग्दी चोक बस्ने ४८ वर्षीय लोकजङ खड्कासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

होटलमा शङ्कास्पद व्यक्ति छन् भन्ने सूचनाका आधारमा गोङ्गबु प्रहरी प्रभागबाट अनुसन्धानका लागि प्रहरी टोली खटाइएको थियो । टोलीले होटेल सोनाबाट शङ्कास्पदरूपमा रहेको सात सय १७ थान र होटल पल्लिकोटबाट १४ थान गरी सात सय ३१ थान राहदानी बरामद गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । गए राति पक्राउ परेका उनीहरूका सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया