मधेस प्रदेशका दुई सांसदको शपथ आज

 माघ ११, २०७९ बुधबार १७:१२:५० | सुजीत झा
unn.prixa.net

धनुषा – मधेस प्रदेशमा नेकपा माओवादी केन्द्रबाट समानुपातिकतर्फ निर्वाचित दुई जना प्रदेश सभा सदस्यले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

मधेस प्रदेशको प्रदेश सभा सचिवालयमा आयोजित एक कार्यक्रमकाबीच नेकपा माओवादी केन्द्रकी मालाकुमारी कर्ण र रैजी हैदरले आज पद तथा गोपनीयताको शपथ लिनुभएको हो । कर्ण लामो समयदेखि पत्रकारितामा संलग्न हुनुहुन्थ्यो । 

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको उपस्थितिमा प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले दुवै जना प्रदेश सभा सदस्यलाई शपथ गराउनुभएको छ । प्रदेश सभा सदस्य कर्णले मैथिलीमा र हैदरले उर्दु भाषामा शपथ लिनुभएको हो । 

दुवै जनाले शपथ ग्रहण गरेपछि प्रदेशसभाका सभामुख मण्डल, मुख्यमन्त्री यादवसहित शपथ ग्रहण कार्यक्रममा उपस्थित मन्त्री र संसदीय दलका नेताहरुले दुवै जना प्रदेश सभा सदस्यलाई बधाई तथा शुभकामना दिनुभयो ।

यसअघि दुवै जनाको विषयमा सर्वोच्च अदालतमा मुद्दा दायर भएका कारण पुस १५ गतेको शपथ ग्रहण कार्यक्रममा उहाँहरुलाई शपथ नगराउन निर्वाचन आयोगले प्रदेश सभालाई पत्राचार गरेको थियो ।

दुवै जनाको मुद्दामा सर्वोच्च अदालतले सफाइ दिएपछि आज उहाँहरुलाई शपथ ग्रहण गराइएको हो । दुवै जनाले आज शपथ लिएपछि प्रदेश सभामा अब एक सय ७ जना प्रदेश सभा सदस्यको सङ्ख्या पूरा भएको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजीत झा

सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया