वैदेशिक रोजगारी : पीडितलाई न्याय दिने भन्दै अनधिकृत व्यक्ति आएर हुल हुज्जत नगर्न विभागको आग्रह

 माघ १२, २०७९ बिहिबार १७:४८:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीमा ठगीएका व्यक्तिलाई न्याय दिने भन्दै वैदेशिक रोजगार विभागमा अनधिकृत व्यक्ति आएर हुल हुज्जत नगर्न विभागले आग्रह गरेको छ ।

वैदेशिक रोजगार पीडितलाई न्याय दिने भन्दै पछिल्लो समय विभिन्न व्यक्ति तथा समूह म्यानपावर कम्पनीमा गइ सञ्चालकमाथि आक्रमण गर्ने, विभागमा आएर दबाब सिर्जना गर्ने क्रम बढेको छ । यस विषयमा विभागले कानुन विपरीत अनधिकृत रुपमा त्यस्तो कार्य नगर्न भन्दै विज्ञप्ति जारी गरेको छ । विभागमै पनि हुल हुज्जत गर्ने र अनुसन्धान प्रक्रियालाई प्रभावित पार्ने गरी कार्य गर्ने गरेकाले त्यस्तो नगर्न विभागले आग्रह गरेको हो ।

वैदेशिक रोजगार ऐन २०६४ तथा वैदेशिक रोजगार नियमावली २०६४ मा वैदेशिक रोजगारीमा ठगिएकाहरुले विभाग वा जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न पाउने व्यवस्था छ । यसरी उजुरी गर्दा पीडित स्वं तथा नीजको नजिकको आधिकारिक व्यक्तिले गर्न सक्छन् । यस्तो उजुरीमाथि विभागले आवस्यक अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाउँछ । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया