मधेस प्रदेशका नवनियुक्त दुई मन्त्रीद्वारा पदभार ग्रहण

 माघ १३, २०७९ शुक्रबार १५:१२:४० | सुजीत झा
unn.prixa.net

धनुषा – मधेस प्रदेशका नवनियुक्त दुई मन्त्रीले आज पदभार ग्रहण गर्नुभएको छ । बिहिवार जिम्मेवारीसहितको पत्र प्राप्त गरेपछि आज नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गर्नुभएको हो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएका नेकपा एमाले मधेस प्रदेशको संसदीय दलका नेतासमेत रहनुभएका मन्त्री सरोजकुमार यादवले मधेस लोकमार्गलाई प्राथमिकतामा राखेर कार्य अगाडी बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले मधेसको विकासका लागि हरेक जिल्ला तथा पालिकालाई सडक सञ्जालसँग जोड्न मधेसको गौरव आयोजनाका रुपमा मधेस लोकमार्गलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।

उहाँले पछिल्लो सरकारको पालामा भएका राम्रा कामको समिक्षाका साथै बाँकी योजनाका विषयमा योजना बनाएर काम गर्ने बताउनुभयो । 

आज नै जनमत पार्टीका मन्त्री बसन्त कुशवाहाले पनि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको पदभार ग्रहण गर्दै किसानको समस्या समाधानलाई प्राथमिकतामा राखेर आफूले काम गर्ने बताउनुभयो । 

जनमत पार्टीले किसान आन्दोलन गरेको स्मरण गर्दै उहाँले किसानहरुको समस्या समाधानमा आफूले प्राथमिकताका साथ काम गर्ने जनाउनुभयो । यसका लागि मधेस प्रदेशमा किसान कार्ड लागू गर्ने योजना रहेको मन्त्री कुसाहाले बताउनुभयो ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजीत झा

सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया