नेपाली महिलालाई कुवेत पुर्‍याएर ९ सय दिनारमा बिक्री गर्ने एक जना पक्राउ

 माघ १३, २०७९ शुक्रबार १७:०:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – रोजगारीको प्रलोभन देखाएर मानव बेचबिखन क्रियाकलापमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको दमक नगरपालिका–३ घर भइ काठमाण्डौ बस्दै आएका ४१ वर्षीय प्रकाश शाही ठकुरी भन्ने प्रकाश धिताललाई गएको सोमबार  प्रहरीले पक्राउ गरेको हो ।

पीडित राधिका (परिवर्तित नाम)ले दिएको जाहेरीका आधारमा उनलाई काठमाण्डौबाट पक्राउ गरेको हो । ब्युरोका अनुसार धिमालले राधिकासहित तीन/चार जना अरु महिलालाई गएको बैशाख १२ गते कुवेत लगेका थिए । फ्री भिसा फ्री टिकेट भन्दै राहदानी बनाउने लगायत सबै खर्च आफैले बेहोरेर कुबेत पुर्‍याइ प्रत्येकलाई ९ सय कुवेती दिनार (झण्डै ३ लाख ८४ हजार नेपाली रुपैयाँ)मा बिक्री गरेको खुलेको ब्युरोले जनाएको छ ।

ब्युरोका प्रवक्ता दानबहादुर मल्लका अनुसार दैनिक २० घण्टा काम गर्नुपर्दा बिरामी भएपछि राधिकालाई उपचारको लागि स्थानीय अस्पतालमा भर्ना गरिएको थियो । त्यहीबेला राधिकाले घरमा बुवालाई फोन गरेर आफू बेचिएको कुरा सुनाउनुभयो । राधिकाका बुवाले आफ्नी छोरी बिरामी भएकाले नेपाल झिकाउनका लागि प्रतिवादी धितालसँग अनुरोध गर्दा उल्टै पाँच लाख रुपैयाँ माग गरे । त्यति रुपैयाँ दिन नसक्ने भएपछि राधिका अस्पतालबाट भागेर दूतावासको सम्पर्कमा जानुभयो ।

राधिकालाई गएको असोज १४ गते कुवेतबाट उद्धार गरी नेपाल ल्याइएको थियो । त्यसपछि उहाँले पीडितलाई कारबाही गरीपाउँ भनि पुस २५ मा ब्युरोमा जोहरी दिनुभयो । प्रवक्ता मल्लका अनुसार धितालले अन्य १० जना नेपाली महिलालाई पनि कुवेत लगेर बिक्री गरेको बुझिएको छ । यसबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया