मधेश प्रदेशको नामाकरण भएको एक वर्ष हुँदा पनि सरकारी लेटर-प्याडमा प्रदेश २ नै उल्लेख

 माघ २१, २०७९ शनिबार १९:११:५७ | सुजीत झा
unn.prixa.net

धनुषा – मधेश प्रदेशको नामाकरण भएको एक वर्ष हुँदा पनि प्रदेश सरकारका सरकारी कार्यालयमा अहिले पनि प्रदेश २ नै लेख्ने गरिएको छ ।

लेटर-प्याडमा मधेश प्रदेशको सट्टा प्रदेश २ नै उल्लेख छ । मधेश प्रदेशको मन्त्रीमण्डलको विस्तारसम्बन्धि जानकारी प्रदेश प्रमुख कार्यालयले गराएको विज्ञप्तिमा प्रदेश २ लेखिएको छ ।

यसअघि मुख्यमन्त्री सरोजकुमार यादवले सपथपछि पहिलो निर्णय गरेको आदेशमा पनि प्रदेश २ नै लेखिएको थियो । नयाँ लेटरप्याड नछपाएको कारण यस्तो भएको प्रदेश प्रमुख हरिशंकर मिश्रले बताउनुभएको छ ।

वि.स २०७८ माघ ३ गते ‘प्रदेश नम्बर–२’ को नाम ‘मधेस प्रदेश’ कायम गरिएको थियो ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजीत झा

सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

1 Comments

  • मेघ राज दाहाल

    Feb. 4, 2023, 9:24 p.m.

    सरकारी कार्यालय संगसँगै, मधेष प्रदेसका विभिन्न जिल्लाका पालिका स्तर साथै जिल्ला स्तरमा सञ्चालित राष्ट्रिय परिचय-पत्रको विवरण दर्ता गर्ने सफ्टवेर समेत राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले सच्याउन ध्यान नदिँदा समस्या भएको छ । फारम भर्दा मधेष प्रदेश भरेपनि भरपाई प्रिन्ट गरेर दिँदा सफ्टवेयरमा परिवर्तन नगर्दा बाध्य भएर प्रदेश २ लेखिएको भरपाई दिनुपर्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया