जनकपुरमा एक जना मिटरब्याजी हतियारसहित पक्राउ

 माघ २२, २०७९ आइतबार ११:५९:४२ | सुजीत झा
unn.prixa.net

धनुषा - जनकपुरमा एकजना मिटरब्याजी हतियारसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका-१ बस्ने ४१ वर्षीय दिलिप साह रहेका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

साहविरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी परेकाे थियाे । प्रहरी नायब उपरीक्षक दिपकुमार रायको नेतृत्वमा गएको प्रहरी टोलीले उनलाई पक्राउ गरेकाे हाे । 

उनकाे घरबाट कपाली तमसुकहरू, जग्गा धनी पुर्जाहरु, खाली चेक लगायतका अन्य कागजातहरू र कटुवा पेस्तोल एक थान, ३०३ राइफलमा लाग्ने गोली चार थान, म्यागनममा लाग्ने गोली एक थान र म्यागनमको खोका एक थान बरामद गरिएकाे प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताउनु भयाे । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजीत झा

सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया