म्यानपावर व्यवसायीलाई सुध्रिन समय दिन्छाैँ : श्रम मन्त्री

 माघ २२, २०७९ आइतबार १३:५०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने नेपालीलाई ठगी गरे तत्काल कारबाही गर्ने चेतावनी दिनुभएको छ । 

आज आइतवार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अर्यालले कुनै पनि म्यानपावर र व्यक्तिगतरूपबाट वैदेशिक रोजगारीमा जाने नेपालीलाई ठगी गरे सरकारले कठोरतापूर्वक तत्काल कारबाही गर्ने बताउनुभएको हो । उहाँले सरकारले सुध्रन चाहने म्यानपावर व्यवसायीहरूलाई सुध्रनका लागि समय दिएको पनि बताउनु भयो । ठगी गर्ने म्यानपावरलाई कारबाही गर्न मन्त्रालय कसैको दबाबबाट पछाडि नहट्ने उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, ‘म्यानपावर र व्यवसायीलाई सुध्रिनका लागि समय दिन्छौँ । दिएको समयमा पनि नसुध्रिए निर्मम भएर मन्त्रालयले कारबाही गर्छ । वैदेशिक रोजगारीमा पठाउने नाममा नागरिकलाई ठगी गर्ने म्यानपावर र व्यवसायीलाई कारबाही गर्न कसैले रोकेर मन्त्री र मन्त्रालय रोकिँदैन । म मन्त्री भएर मन्त्रालयमा भएसम्म यस्तो काम हुँदैन । भयो भने प्रमाणसमेत ल्याएर आउँदा हुन्छ ।’

मन्त्री अर्यालले पछिल्लो समय म्यानपावर संस्थाको नामबाट भन्दा व्यक्तिगतरूपमा पैसा लिएर ठगी गरेका गुनासो बढेकाले मन्त्रालयले त्यहीअनुसार अनुसन्धान गरिरहेको बताउनु भयो । उहाँले वैदेशिक रोजगार क्षेत्रका समस्या समाधानका लागि आफू मन्त्री भएर मन्त्रालयमा प्रवेश गरेदेखि लागिपरेको जिकिर गर्नुभयो ।

मन्त्री अर्यालले श्रम मन्त्रालयमा कुनै पार्टीको मन्त्री नभएर तीन करोड नेपालीको मन्त्रीको रूपमा मन्त्रालयमा काम गर्न आएको बताउनुभयो । उहाँले सम्पूर्ण मापदण्ड पूरा गरेर मन्त्रालयमा मन्त्री भएर आएको भन्दै श्रम मन्त्री भएर मन्त्रालयमा रहँदासम्म पार्टीको मन्त्री नभएर नागरिकको काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • किसोरि साह

    Feb. 6, 2023, 9:26 p.m.

    जेगरदा पनि नेपाल मा दुईनमबर धनधा कैई बनद हुदैइ सरका जब सरकारनैई चोरहो भने मेनपाबर वा दलाल अनि बिचुलिया कसरि बनद हुनेहो मेरो भनाइ हो

  •  0 Reply

तपाईको प्रतिक्रिया