७ महिनापछि नीति तथा कार्यक्रमसहितकाे बजेट पारित

 माघ २६, २०७९ बिहिबार १९:१८:४० | सुजीत झा
unn.prixa.net

धनुषा – धनुषाको कमला नगरपालिकाको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमसहितको बजेट सात महिनापछि पारित भएको छ । यसअघि दुई पक्षको विवादका कारण बजेट पारित हुन सकेको थिएन ।

कमला नगरपालिकाको बजेट पारित नभएका कारण पालिकाका कर्मचारी, शिक्षक तथा स्वास्थ्यकर्मीले तलब भत्ता पाउनबाट वञ्चित हुनुका साथै विकास निर्माणको कामकाज पनि बन्द थियो । दुवै पक्षबीच सहमति भएपछि चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमसहितका बजेट नगर सभाबाट पारित गरेको नगरपालिकाका मेयर विशेश्वर यादवले जानकारी दिनुभएको छ ।

चालु आर्थिक वर्षका लागि कमला नगरपालिकाले ५५ करोड ४५ लाख ४१ हजार ८ सय ७४ रुपैयाँको बजेट पारित गरेको हो । नगरपालिकाले नाै वटै वडाका लागि ९५ लाख रुपैयाँका दरले विकास बजेट विनियोजन गरेको छ भने वडा सञ्चालनका लागि प्रत्येक वडालाई पाँच लाख रुपैयाँ विनियोजन गरेकाे छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजीत झा

सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया