विश्व कप लिग–२ क्रिकेट शृङ्खला : नेपाल र नामिबियाको खेल सुरु, नेपालले फिल्डिङ गर्दै

 फागुन २, २०७९ मंगलबार ९:३२:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : क्यान

काठमाण्डाै - विश्व कप लिग–२ को त्रिदेशीय क्रिकेट शृङ्खलामा नेपाल र नामिबियाको खेल सुरु भएको छ । 

कीर्तिपुरको त्रिवि मैदानमा सुरु भएकाे खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको छ । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नामिबियासँग नेपालले पहिलो पटक घरेलु भूमिमा खेल्न लागेको हो ।

लिस्ट 'ए' मान्यता प्राप्त खेलमा भने सन् २०१६ मा नेपाल र नामिबियाले नेपालमा खेलिसकेका छन् ।  २०१६ मा भएको दुई खेलमा दुवै खेल नेपालले जितेको थियो । नेपालले आउँदो शुक्रवार स्कटल्यान्डसँग, शनिवार नामिबियासँग, मङ्गलवार स्कटल्यान्डसँग खेल्नेछ ।

शृङ्खलामा नेपाल २४ खेलमा १८ अङ्क जोडेर छैटौँ स्थानमा छ । नामिबिया ३० खेलमा ३७ अङ्क जोडेर तेस्रो स्थानमा छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया