नेपाल र भारतको महिला फुटबल टोलीबीचको दोस्रो मैत्रीपूर्ण खेल गोलरहित बराबरी

 फागुन ७, २०७९ आइतबार ६:३४:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल र भारतको महिला राष्ट्रिय फुटबल टोलीबीचको दोस्रो मैत्रीपूर्ण खेल गोलरहित बराबरी भएको छ ।

यो बराबरीसहित दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल नै बराबरीमा टुङ्गिएको छ । भारतको चेन्नईमा रहेको जवहारलाल नेहरु मैदानमा हिजो भएको दोस्रो खेलमा दुई टोलीबाट गोल हुन सकेन । यसअघि बुधवार भएको पहिलो मैत्रीपूर्ण खेलमा २–२ गोलको बराबरी भएको थियो ।

पहिलो मैत्रीपूर्ण खेलमा नेपालका लागि दुवै गोल सावित्रा भण्डारी सम्बाले गरेकी थिइन् । नेपाल र भारतले महिला ओलम्पिक छनोटको तयारी स्वरुप मैत्रीपूर्ण खेल खेलेका हुन् ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया