त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपाल आज यूएईसँग खेल्दै

 फागुन २८, २०७९ आइतबार ६:५०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी विश्व कप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज युनाइटेड अरब इमिरेट्स (यूएई) सँग खेल्दैछ ।

खेल बिहान साढे ९ बजेदेखि कीर्तिपुर मैदानमा सुरु हुनेछ । नेपाल र यूएईबीच एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्म ११ पटक प्रतिस्पर्धा भएको छ । जसमा नेपाल ५ पटक र यूएई ६ पटक विजयी भएकाे छ ।  

कीर्तिपुर मैदानमा भएका तीन खेलमा नेपालले २ वटामा जितेको छ । नेपाल ३३ खेलमा १६ मा जित र १५ मा हारसहित ३४ अङ्ककासाथ पाँचौँ स्थानमा छ । अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अङ्ककासाथ चौथो स्थानमा छ ।

नेपालले आजको खेलमा यूएईलाई हराउँदा ३६ अङ्ककासाथ चौथो स्थानमा उक्लिनेछ । आज जितेमा बाँकी दुई खेलमा पराजित भए पनि नेपाल शीर्ष पाँचमा रहँदै सोझै एकदिवसीय मान्यता कायम हुनेछ । यूएईको ३३ खेलमा १४ मा जित र १६ मा हारसहित ३१ अङ्क छ । यूएई छैटौँ स्थानमा छ ।

नेपाललाई सोझै विश्व कप छनोट खेल्न भने बाँकी तीनै खेल जित्नुपर्ने हुन्छ । यूएई शीर्ष तीनबाट बाहिरिएको छ । नेपालले पछिल्लो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई ५२ रनले हराएको थियो । यो शृङ्खला क्रिकेट लिग–२ को अन्तिम शृङ्खला हो ।

नेपालले भोलि पीएनजीसँग र बिहीवार अन्तिम खेलमा यूएईसँग खेल्नेछ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया