‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदै

 फागुन ३०, २०७९ मंगलबार ९:०:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् । लिगको चौथो चरण अन्तर्गत आज एक खेल एन्फा कम्प्लेक्स र दुई खेल दशरथ रङ्गशालामा हुनेछ । एन्फा कम्प्लेक्समा हुने खेलमा सङ्कटा क्लब र चर्च ब्वाइज युनाइटेड दिउँसो साढे २ बजे खेल्दैछन् ।

सङ्कटा ३ खेलमा ४ अङ्क जोडेर आठौँ स्थानमा छ । चर्च ब्वाइज ३ खेलमा ९ अङ्कका साथ शीर्ष स्थानमा छ । यस्तै दशरथ रङ्गशालामा हुने आजको पहिलो खेलमा जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लब दिउँसो साढे २ बजे खेल्दैछन् । जावलाखेल ३ खेलमा ७ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ ।

फ्रेन्ड्स क्लब ३ खेलमा १ अङ्कका साथ १२औँ स्थानमा छ । दशरथ रङ्गशालामा हुने दोस्रो खेलमा मच्छिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ । यो खेल बेलुका साढे ५ बजे हुनेछ । साविक विजेता मच्छिन्द्र ३ खेलमा १ अङ्कका साथ १३ औँ स्थानमा छ भने पुलिस ३ खेलमा अङ्कविहीन हुँदै पुछारमा छ । यस सिजनको ‘ए’ डिभिजन लिग डबल राउण्ड रोबिनको आधारमा भइरहेको छ । यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछन् । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया