त्रिदेशीय एकदिवसीय श्रृंखलामा आज पीएनजी र यूएई खेल्दै

 चैत १, २०७९ बुधबार ७:५३:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा आज पपुवा न्युगिनी (पीएनजी) र यूएई खेल्दैछन् । खेल कीर्तिपुर मैदानमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ ।

लिग–२ मा पीएनजीको यो अन्तिम खेल हो । पीएनजी तालिकाको पुछारमा छ । उसको ३५ खेलमा ५ मा जित २९ मा हारसहित ११ अंक छ । यूएई ३४ खेलमा १४ मा जित र १७ मा हारसहित ३१ अंकका साथ छैटौँ स्थानमा छ । भोलि नेपाल र यूएईबीच श्रृंखलाको अन्तिम खेल हुनेछ ।

नेपाल ३५ खेलमा १८ मा जित र १५ मा हारसहित ३८ अंकका साथ चौथो स्थानमा छ । नेपाल अगाडि ३९ अंकका साथ नामिबिया तेस्रो र नेपालपछि ३५ अंकका साथ अमेरिका पाँचौ स्थानमा छ । नेपालले भोलिको खेलमा यूएईलाई हराउन सकेमा ४० अंक हुनेछ । ४० अंक जोड्न सकेमा नेपाल नामिबियालाई पछि पार्दै शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न पाउनेछ । स्कटल्यान्ड ५० अंकका साथ च्याम्पियन र ओमान ४४ अंकका साथ दोस्रो स्थानमा रहँदै सोझै विश्वकप छनोटमा स्थान बनाएका छन् ।
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया