लागुऔषध मुद्दामा लामो समयदेखि फरार दुईजना पक्राउ

 असोज ३०, २०७५ मंगलबार १९:९:१६ | धनवीर महतो
unn.prixa.net

महोत्तरी - महोत्तरी प्रहरीले लागुऔषध मुद्दामा लामो समयदेखि फरार रहँदै आएका दुईजनालाई पक्राउ गरि अनुसन्धान अगाडि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले एकडारा गाँउपालिका-३, का ५२ वर्षीय छेदी साहलाई लागुऔषध गाँजा मुद्धामा पक्राउ गरि आज सार्वजानिक गरेको हो ।

२०५७ साल कातिक ४ गते प्रहरीले साहको घरमा छापामारी गर्ने क्रममा १ सय १ किलो अवैध लागुऔषध गाँजा बरामद गरेको थियो भने अभियुक्त साह त्यसै समयदेखि फरार रहँदै आएको प्रहरी नायव उपरिक्षक खगेन्द्र बहादुर खडकाले बताउनुभयो ।

साहलाई त्यसै मुद्धामा हिरासतमा लिई अनुसन्धान गरिरहेको प्रहरी नायव उपरिक्षक खडकाले जनाउनुभयो ।

१५ वर्षदेखि अवैध लागुऔषध कारोबार कार्यमा संलग्न भई फरार रहदै आएको एकडारा गाँउपालिका-३ का ५४ वर्षीय रामनरेश यादवलाई पनि पक्राउ गरि अनुसन्धान अगाडि बढाइएको छ ।

यादवले २०६० साल असार २१ गते वालुवा लोड भएको ज १ त ३२२ नम्बरको टयाक्टरमा अवैध लागुऔषध गाँजा २ सय केजी ल्याउँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको थियो । प्रहरीको टोलीलाई देख्नासाथ यादव टयाक्टर छोडी फरार भएकोमा प्रहरीले सुराकीको आधारमा अहिले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक खगेन्द्र बहादुर कार्कीले बताउनुभयो ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया